Logo
१३ बैशाख २०८१, बिहीबार
(May 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश आन्दोलनको पक्षमा वकालत गर्ने, रोवर्ट पेनरलाई रिहा गर्न चौतर्फी माग

काठमाडौं । मधेश आन्दोलनमा भएको मानव अधिकार हनन्का घटनाप्रति चासो राख्दै समाजिक सञ्जाल तथा पत्रपत्रिकाको स्तम्भमार्फत सरकारको आलोचना गर्दै आएका एक जना क्यानेडेली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

समाजिक सञ्जालमार्फत समाजमा उत्तेजना फैलाएको आरोप लगाउँदै अध्यागमन विभागको अनुरोधमा क्यानेडेली नागरिक रोवर्ट पेनरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

यता रोवर्टको पक्राउप्रति समाजिक सञ्जालमा सरकारको निकै आलोचना भएको छ ।

अधिकारकर्मी, अधिवक्ता तथा पत्रकारसहित सर्वसाधारणले रोवर्टलाई हिरा गर्न माग गरेका छन् ।

पत्रकार प्रशान्त झाले वाक स्वतन्त्रताको हनन् भएको भन्दै रोवर्टलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

त्यस्तै अधिवक्ता दिपेन्द्र झाले पनि रोवर्टको रिहाईको माग गरेका छन् । हुलाकी न्यूज डटकमका सम्पादक बीपी साहले पनि रोवर्टको रिहाईको माग गरेका छन् ।

अधिकारकर्मी राकेश मिश्रा, बैदनाथ झा, भरत साह (बीरगञ्ज) रियाज खान (जनकपुर) लगायतका विभिन्न अधिकारर्कीहरुले रोवर्टको रिहाईको माग गरेका छन् ।

प्रकाशित मिति: May 3, 2016

प्रतिक्रिया दिनुहोस्