Logo
२६ बैशाख २०८१, बुधबार
(May 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व युद्ध लडेका योद्धाले फेरी लिए नागरिकता

पुरुषोत्तम सुवेदी, नवलपरासी ।  दोस्रो विश्व युद्ध लडेका वीर योद्धा चन्द्रसिंह गुरुङले नवलपरासीबाट प्रतिलिपि नागरिकता लिएका छन् । नवलपरासीको नर्सही–४ घर भएका गुरुङले १०९ वर्षको उमेरमा प्रतिलिपि नागरिकता लिएका हुन् ।
गुरुङ नवलपरासी घर भएका दोस्रो विश्व युद्धको वीर योद्धा हुन् । दोस्रो विश्व युद्धका जीवित योद्धा चन्द्रसिंह गुरुङले जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि नागरिकता प्रमाणपत्र प्राप्त गरेका थिए ।
एक सय ९ वर्ष पुगेपनि त्यतिबेला नागरिकता बनाउँदा उमेर घटाएकाले नागरिकतामा भने १०२ वर्ष कायम गरिएको छ । विश्व युद्धमा इराकसम्म पुगेका चन्द्रसिंह गुरुङले आफूलाई स्याहारसुसार गर्ने बुहारीलाई अंश दिन तथा अन्य कामका लागि प्रतिलिपि नागरिकता लिनुपरेको बताए ।
एक शताब्दी बाँच्नु भनेको चानचुने कुरा होइन, सरदर नेपालीको आयु ६०÷७० वर्ष हुन्छ । विश्व युद्धमा मृत्युलाई जितेका गुरुङले एक शताब्दी बाँच्न पाउनु भगवान्को दया भएको प्रतिक्रिया दिए । यो उमेरमा पनि उनको जोश र तागत देखेर प्रशासनमा भेला भएका मानिस अचम्भित भएका थिए ।
गुरुङ विश्व युद्ध लड्दा इराकसम्म जानुभएको थियो । उहाँसँग ब्रिटिस आर्मी, भारतीय प्रहरी, रेल्बे सेवामासमेत काम गरेको अनुभव छ ।
आफूले धेरै योगदान दिएर नेपाललाई चिनाउन सफल भए पनि राज्यले भने सम्मान दिन नसकेको उहाँको गुनासो थियो ।

प्रकाशित मिति: May 3, 2016

प्रतिक्रिया दिनुहोस्