Logo
१५ बैशाख २०८१, शनिबार
(May 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुरानो बसपार्क बन्द: खुलामञ्चमा अब भाषण दिन/सुन्न होइन, बस चढन् जानुस !

काठमाडौँ । दिनहू झै नारा–जुलुसदेखि भाषण सभासम्म हुने खुलामञ्चमा यतिखेर धमाधम कालोपत्रे गरिँदैछ। खुलामञ्चको लगभग आधा भागलाई जस्तापाताले बेरेर कालोपत्रे भइरहेको हो । 
कारण हो बुधबारदेखि यो ठाउँ अस्थायी बसपार्क बनाइनु । बुधबारदेखि केहि दिनका लागि पुरानो बसपार्क खाली गरिनेछ’, काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्र तामाङले भने, ‘काठमाडौँ उपत्यकाभित्र र अरनिको राजमार्गमा चल्ने रुटका बसहरु यहाँ रोकिने छन्।’ अब भने वीर अस्पतालतिरबाट बस प्रवेश गर्नेछ भने विद्युत प्राधिकरणको कार्यालयतिरबाट बस बाहिर निस्कनेछ। 
हाल बसपार्क रहेको स्थानमा टावरका लागि निर्माणको काम थाल्न बसपार्क सारिएको हो। यसअघि काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोइ विल्डर्स प्रा.लि. बीच पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार कम्पनीले आफ्नै लगानीमा टावर बनाएर ३० वर्षसम्म चलाउने छन् ।
खुल्लामञ्चभित्र पिच गर्ने काम र टिकट काउन्टरको व्यवस्था भइसकेको छ भने टावर निर्माणकालागि कम्पनीलाई हतार भएको कारण हामीले बुत्रवारबाटै गाडीहरु सार्न लागिएको बतायएको छ । हाल पुरानो बसपार्क रहेको ठाउँमा दुई तल्लेसम्मको अन्डरग्राउन्ड बसपार्कसहितको टावर निर्माण हुने छ । 
काठमाडौँ उपत्यकाभित्र चल्ने बसहरु यसअघि रत्नपार्कमा रोकिन्थे। पुरानो बसपार्कमा भने काठमाडौँ बाहिर जाने बसहरु रोकिन्थे। जापानको सहयोगमा गोँगबुमा काठमाडौँ बाहिर जाने बसहरुका लागि बसपार्क बनेपछि पुरानो बसपार्कलाई सिटी बसपार्कका रुपमा चलाउन थालिएको थियो।

तस्विर सौजन्य : Pahilopost

प्रकाशित मिति: May 3, 2016

प्रतिक्रिया दिनुहोस्