Logo
१५ चैत्र २०८०, बिहीबार
(May 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारहरूको तलबका लागि विद्यार्थी संगठनले आन्दोलन गर्ने रे !

काठमाडौं । मनोमानी शुल्क उठाउने विद्यालयमाथि विद्यार्थी संगठनहरु कडाइका साथ प्रस्तुत हुने भएका छन् । 
नेपाल विद्यार्थी संघको कार्यालय डिल्लीबजारमा आज बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले यसका लागि अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । 
सरकार तथा विद्यार्थी संगठनबीच यसअघि भएको १० बुँदे सहमति लागू नभएकाले यसका लागि विद्यार्थीहरु दबाब अवस्थामा पुगेका छन् । उनीहरुले मुलुकमा कालोबजारी र भ्रष्टाचार बढ्दै गएकाले यसको नियन्त्रणका लागि गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् ।
नेविसंघका प्रवक्ता युपी लामिछानेले निजी विद्यालयले मनोमानी शुल्क असुलिइरहेको बताए। उनका अनुसार १३ वटा समिति बनाएर अनुगमन थालिनेछ ।
संगठनहरूले गत बैशाख ६ गते भएको १० बुँदे सहमति लागू गराउनका लागि शसक्त रुपमा दवाव दिने निर्णय समेत गरेको छ । यस्तै, संगठनले प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई भेटेर शिक्षा क्षेत्रमा बजेट बढाउनका लागि ध्यानाकर्षण गराउने भएको छ ।
रोजगारीको माग गर्दै खुलामञ्चमा युवाहरूले गरेको आमरण अनशन तत्काल वार्ताबाट सम्बोधन गरेर जीवन रक्षा गर्न सरकारलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ । संगठनले शिक्षासँग सम्बन्धित र विद्यार्थी राजनीतिमा संलग्न व्यक्तिहरूबीच अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
साथै, श्रमजीवी पत्रकारहरूको न्युनतम पारिश्रमिक तत्काल कडाइका साथ गराउन सरकारको ध्यानाकर्षण गराउने र श्रमजीवी श्रमिकको न्युनतम पारिश्रमिक कायम गर्न अपिल गर्ने संगठनको बैठकले निर्णय गरेको नेविसंघका प्रवक्ता युपि लामिछानेले जानकारी दिएका छन् ।
बैठकमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु (पाँचौं), अनेरास्ववियु ९छैटौं० लगायत ११ विद्यार्थी संगठनका नेताहरु उपस्थित थिए।

प्रकाशित मिति: May 3, 2016

प्रतिक्रिया दिनुहोस्