Logo
६ बैशाख २०८१, बिहीबार
(May 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यानेडियन नागरिक पेनरको भिसा रद्द, गृह प्रवक्ता भन्छन–‘दुई दिनभित्र फिर्ता नगए जेल’

काठमाडौं ।  मधेशबारे बिभिन्न कुरा लेखेर सामाजिक सञ्जालमार्फत सद्भाव भड्काउने खालको सामग्री फैलाएको आरोपमा पक्राउ परेका क्यानेडियन नागरिक रोबोट पेनरलाई दुई दिनभित्र नेपाल छाड्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले उनको भिसा रद्द गरेको छ । 
गृह प्रवक्ता यादव कोइरालाका अनुसार दुई दिनभित्र नेपाल छोड्न पेनरलाई निर्देशन दिएर छाडिएको छ । उनलाई प्रहरीले हिजो ललितपुरबाट पक्राउ गरेको थियो । 
‘दुईदिन भित्र नेपाल नछोडे जेल चलान गरिन्छ’, उनले भने । ट्वीटर र फेसबुकलगायत समाजिक सञ्जालमार्फत नेपालमा समाजिक सद्भाव खल्बलाउने कार्य गरेको भन्दै अध्यागमन विभागलको अनुरोधपछि सोमवार पेनरलाई पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: May 3, 2016

प्रतिक्रिया दिनुहोस्