Logo
७ बैशाख २०८१, शुक्रबार
(May 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिसिएम विनय कुमारले दलित छात्रालाई भने –‘हाम्रो सम्बन्ध अझ प्रगाढ बनोस’


सिरहा । भारतीय दूतावासका उपप्रमुख (डिसिएम) विनय कुमारले नेपाल–भारतवीचको सम्बन्ध अझ् प्रगाढ बन्नु पर्ने बताएका छन् ।

सिरहा जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा दलित छात्राहरुलाई साईकल वितरण गर्न आईपुगेका उनी यस्तो बताएका छन् । नेपाल–भारतवीचको सम्बन्ध अटुट र अदभूत रहेको भन्दै कुमारले यहाँका छात्राहरुको शिक्षा आर्जनमा सहयोग पुर्याउने उदेश्यले साईकल वितरण गरेको बताए ।

विद्यालय सम्मको दुरी कम गर्न र समय बचाउन हामीले साईकल वितरण गरेको भन्दै विनय कुमारले भारतको विहारमा दलित तथा गरिब छात्राहरुलाई साईकल वितरण गरेपछि कक्षा छाड्ने संस्कारमा उल्लेख्य कमी ल्याएकोले नेपालमा पनि सहयोग गरेको बताए । 

विहारमा साईकल वितरणले छात्राको सहभागीतामा वृद्धि ल्याएको अनुभवलाई पछ्याउँदै नेपालमा साईकल वितरण गर्न लागिएको भन्दै उनले, ‘यसले अगामी दिनमा कस्तो भूमिका खेल्यो, त्यसको जानकारी गराउनु होला ।’ भारत एक्लै विकास गरेर नहुने तर्क राखेका कुमारले भारत नेपालको विकासका लागि सधैं तत्पर र तयार रहेको बताए । ‘भारतले नेपालमा ठूलो लगानी गरिरहेको छ,’ ‘उनले भने,पूर्वाधार, शिक्षा, स्वास्थ्यमा भारतले लगानी वढाउँदै आएको छ ।’ 
साईकल वितरणको क्रममा कुमारले छात्राहरुलाई कक्षा आउन अनुरोध गरे । उनले भने,‘विद्यालय आईएगा ।’ कार्यक्रममा विराटनगर वाणिज्य कार्यालयका पिके चालिया, साँसद धानोदेवी महरा, प्रजिअ विजय नारायण मान्धर, स्थानीय विकास अधिकारी टुबराज पोखरेल, जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो, नेपाल प्रहरीका एसपी श्याम ज्ञवाली, सशस्त्र प्रहरीका एसपी सुवर्ण थापामगर, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 
भारतीय दूतावासको आर्थिक सहयोगमा जिल्ला विकास समिति सिरहाले जिल्लाका ४३८ सामुदायिक विद्यालयका ५ सय छात्राहरुलाई साईकल वितरण गरेको हो । भारतीय दूतावासको २८ लाख ७५ हजारको लागतमा उक्त साईकल वितरण गरिएको छ । पत्रकार सुरेन्द्र कामतीको सहयोगमा 

प्रकाशित मिति: May 3, 2016

प्रतिक्रिया दिनुहोस्