Logo
७ बैशाख २०८१, शुक्रबार
(May 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको फोनपछि विज्ञानमन्त्रीको जुस खाएर संजय साहले अनसन तोडे


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निश्पक्ष छानविन गराउने प्रतिवद्धता जनाएपछि बिज्ञानमन्त्रि बिश्वेन्द्र पासवानको हातबाट जुस खाई निल्वित सांसद संजय सुाहले अन्सन तोडेका छन । 
मंगलबार प्रधानमन्त्री ओली र नेता साहबीच भएको टेलिफोन संवादमा प्रधामन्त्रीले साहमाथि लगाइएका मुद्दाहरुमा निश्पक्ष छानविन गराउने प्रतिवद्धता पाएपछि जेलभित्रै उनले अन्सन तोड्ेका हुन । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट साह निर्वाचित रहेपनि एक हतियार मुद्दामा दोसी प्रमाणित भएपछि उनी निल्ंवनमा परेका थिए । 
प्रधामन्त्री ओलीले टेलिफोन संवादमा भने ‘हामीले पछिल्लो समय तपाईका बारे धेरै कुराको जानकारी लिएका छौं । तपाईमाथि अन्याय भएको हाम्रो निश्कर्ष छ । निश्पक्ष छानविनबाट तपाईले न्याय पाउनु हुनेछ भन्ने मेरो प्रतिवद्धता छ ।’ प्रधामन्त्रीको भनाईलाई उदृत गर्दै नेता साहले बताए । अनसन तोडेपछि उपस्थित पत्रकारहरुसग कुराकानी गर्दै नेता साहले भने, ‘प्रधानमन्त्री स्वयमले ममाथि अन्याय भएको स्वीकार गरेका छन् । उहाँले निश्पक्ष छानविन हुने प्रतिवद्धता जनाउनु भएकोले मैले अनसन तोडेको हुँ ।’ 
विगत एक महिनादेखि आमरण अनसनमा बसेका नेता साहलाई डिल्लीबजार कारागार मै पुगेर सरकारका तर्फबाट विज्ञान मन्त्री पासवान, प्रधामन्त्रीको प्रतिनिधिका रुपमा स्वकीय सचिव इन्द्र भण्डारी, एमाओवादी नेता भरत साह र राप्रपाका नेता राप्रताप साहले अनसन तोडाएका थिए । 
नेता साहमाथि जनकपुर बंम काण्ड तथा व्यापारी अरुण सिंघानिया हत्याको आरोप रहेको छ । उक्त आरोपहरुमा आफुमाथि न्यायिक छानविन हुनु पर्ने माग राख्दै उनी विगत एक महिनादेखि आमरण अनसनमा बसेका थिए ।  
आफूमाथि लागेका आरोपमा निश्पक्ष छानबिनको माग गर्दै एक महिनादेखि कारागारमै अनसन बसेका साहको अनसन तोड्न विज्ञान तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान काठमाडौं डिल्लीबजार कारागार पुगेका थिए । पासवानले जुस पिलाएर साहको अनसन अन्त्य गरेका थिए । 
साह धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचित सांसद समेत हुन् । आफूमाथि लागेका आरोपको पूर्वाग्रह नराखी छानबिन हुनुपर्ने माग राखेर उनी श्रीमती रंगिला साह र केही समर्थकको साथमा आमरण अनसनमा बस्दै आएका थिए । 
साहका परिवारजनले राजनीतिक दबाबका कारण फसाउन खोजिएको र मुख्य दोषीहरुलाई राजनीतिक संरक्षण दिइएको आरोप लगाउँदै आएका छन् । परिवारजनले निश्पक्ष छानविन गर्न तथा उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न माग गर्दै आएका छन् । नेता साह अनसनमा बसेपछि उनको समर्थनमा जनकपुर बजार दुई दिन बन्द गराइएको थियो ।

प्रकाशित मिति: May 3, 2016

प्रतिक्रिया दिनुहोस्