Logo
१२ बैशाख २०८१, बुधबार
(May 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘चीनले अमेरिकाको बलात्कार गर्दै आएको छ’

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवारको दौडमा रहेका डोनाल्ड ट्रम्पले चीनमाथि अमेरिकाको बलात्कार गरेको आरोप लगाएका छन् ।
इन्डियानाको एक र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले चीनको ब्यापार नीतिको आलोचना गर्दै विश्वभरका इतिहासमा ‘सबैभन्दा ठूलो चोरी’का लागि जिम्मेवार बताए ।
अरबपति कारोबारी ट्रम्प लामो समयदेखि निर्यात बढाउनका लागि आफ्नो मुद्राको जोडतोड गरेको भन्दै चीनको आलोचना गर्दै आएका छन् ।
चीनको यो कदमले अमेरिकी कारोबार र कामदार नराम्ररी प्रभावित भएको ट्रम्पले बताए । उनले भने, चीन अमेरिकाको बलात्कार गर्दै आएको छ । अब हामी यो अनुमति दिन सक्दैनौं । 

प्रकाशित मिति: May 3, 2016

प्रतिक्रिया दिनुहोस्