Logo
१५ बैशाख २०८१, शनिबार
(May 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अजय देवगन पनि मुछिए पानामा पेपर्स काण्डमा


भारत, मुम्बई । कर छल्नका लागि वाह्य मुलुकमा पैसा लुकाउने मामिलामा बलिउड अभिनेता अजय देवगनको नाम पनि आएको छ । आरोप छ कि अजयले ब्रिटिस भर्जिन आइल्याण्डमा मेरिलबोन इन्टरटेनमेन्ट एन्ड कम्पनी किनेका छन् ।
तर, अजयले विदेशमा हिन्दी फिल्मको अधिकार किन्नका लागि यो कम्पनी खोलेको प्रतिक्रिया दिएका छन् । यसअघि पानामा पेपर्स लिकअन्तर्गत अमिताभ बच्चन र उनकी बुहारी ऐश्वर्या राय बच्चनको नाम अगाडी आएको थियो ।
भारतीय अखबार इन्डियन एक्सप्रेसका अनुसार अजयले ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोलेका छन् । मेरिलबोन इन्टरटेनमेन्ट २९ अक्टोबर २०१३ मा दर्ता भएको थियो । यसको स्वामित्व हसन एन शयानीको नाममा छ ।
शयानीसँग एक हजार शेयर थियो । ३१ अक्टोबर २०१३ मा यि तमाम शेयर अजयले किने । पुरै शेयर किनेपछि अजय यस कम्पनीका मालिक बने ।
घटना सार्वजनिक भएपछि अजयले भनेका छन्  यो कम्पनी ओभरसिज इन्ववेस्टमेन्टका लागि खोलिएको हो । मैले यस क्रममा पुरै कर तिरेको छु र यो कम्पनी पुरै कानूनी रुपमा दर्ता भएको छ । 
अजयका चार्टड एकाउन्टेन्टले यस कम्पनीमा अजय र काजोलको शेयर रहेको बताएका छन् । त्यस्तै अजयले यस कम्पनीबाट राजीनामा गरिसकेको समेत बनाएका छन् ।

प्रकाशित मिति: May 4, 2016

प्रतिक्रिया दिनुहोस्