एथ्लेटिको म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौं । अवे गोलका आधारमा बार्यन म्यूनिखलाई पराजित गर्दै स्पेनिस टोली एथ्लेटिको म्याड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।
जर्मन च्याम्पियन बार्यन म्युनिखको घरेलु मैदान एलियाञ्ज एरिनामा गएराति सम्पन्न दोस्रो लेगमा दुई एक गोलले पराजित भएपनि एथ्लेटिकोले फाइनलमा स्थान बनाएको हो । गत साता घरेलु मैद्यानमा सम्पन्न खेलमा एथ्लेटिकोले बार्यनलाई एक शून्य गोलले पराजित गरेको थियो ।
समग्रमा २÷२ गोलको बराबरी भएपनि एथ्लेटिकोले अवे गोलका आधारमा फाइनलमा स्थान बनाएको हो ।
खेलमा बार्यनका थोमस मुलरले ३४औं मिनेटमा र एथ्लेटिकोमा फर्नाण्डो टोरेसले ८४औं मिनेटमा पाएको पेनाल्टी अवसरमा चुकेका थिए ।
एथ्लेटिको पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा छ । आगामी २९ मे मा हुने फाइनलमा एथ्लेटिकोले घरेलु प्रतिद्धन्दी रियल म्याड्रिड र इंग्लिस महारथी म्यान्चेस्टर सिटीबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।