Logo
१३ बैशाख २०८१, बिहीबार
(May 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाक्टर, इन्जिनियरपछि अब पाइलट पनि नक्कली !


काठमाडौं । नक्कली डाक्टर र इन्जिनियरपछि अब पाइलट पनि नक्कली भेटिएका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले गोमा एयरका एक नक्कली को–पाइलटलाई पक्राउ गर्न सफल भएपछि यो रहस्य खुलेको हो । 
प्रहरीले ललितपुर टीकाथली निवासी नक्कली प्रमाणपत्रधारी विशाल कार्कीलाई पक्राउ गरेको हो ।  नक्कली प्रमाणपत्रधारी कार्की पक्राउ परेपछि प्रहरीले अन्य करिब ६० जना पाइलटमाथि अनुसन्धानको निशाना राखेको बताइएको छ ।

प्रहरीका अनाुसार कार्कीले अस्कल क्याम्पसबाट पास गरेको भनिएको आईएसीको प्रमाणपत्र नै नक्कली भेटिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले अस्कलबाट परीक्षा नै नदिइ नक्कली प्रमाणपत्र हात पारेको भेटिएको हो । 
सोही नक्कली प्रमाणपत्रको आधारमा कार्कीले फिलिपिन्समा पाइलट कोर्स पुरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ईजाजत पत्र लिएर जहाज उडाउन थालेको पत्ता लागेको छ । 
सिआईबीले बुधबार पत्रकार सम्मेलन गरेर कार्कीको नक्कली प्रमाणपत्रको धन्दा सार्वजनिक गरेको हो । कार्कीलाई प्रहरीले तीन दिनअघि कुपण्डोलबाट पक्राउ गरेको थियो । 
अस्कलबाट आईएससी पास गरेको भनिएको प्रमाण पत्र छानविन गर्दा उनले अस्कलबाट परीक्षा नदिएको अनुसन्धानबाट खुलेको जानकारी सिआईबीका एसपी तारणी लम्सालले दिए । 
फोटो : एजेन्सी

प्रकाशित मिति: May 4, 2016

प्रतिक्रिया दिनुहोस्