Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेसग बिषेश ब्यार्गेनिङ्ग गर्न हामिलाई प्रयोग गरेको कांग्रेसको आरोप

काठमाडौं । सरकार फेर्ने निर्णयबाट एमाओवादी ब्याक भएपछि नेपाली कांग्रेसले एमालेसग बिषेश ब्यार्गेनिङ्ग गर्न हामिलाई प्रयोग गरेको आरोप लगाएका छन । सत्ता परिवर्तनका लागि भएको सबै प्रयासमा एकीकृत नेकपा माओवादीले हामिलाई आफना फाइदाका लागि प्रयोग गरेको र आफुहरुलाई धोक दिएको नेपाली काग्रेसले आरोप लगाएका हुन ।
‘पार्टीले मानेन भन्दै एमाओवादीले धोका दिएको छ,’ एमाओवादीसँगको बैठकपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले भने माओवादीले आफना निहित स्वार्थ पुरा गर्न हामिलाई प्रयोग गर्ने कोशिस गरे ।
कांग्रेससँगको गठबन्धनमा सरकार बनाउने एमाओवादीको तयारी स्वरुप अविश्वासको प्रस्ताव लैजाने सहमति एमाओवादी र कांग्रेसबीच भएको थियो। ’हामीसँग सरकारलाई दिएको समर्थन फिर्ता लिने र अविश्वासको प्रस्ताव लैजाने सहमति भएको थियो,’ निधिले भने तर बिचमा माओवादीले एमालेसग छुटै सहमती गरेछन र हामिलाई धोका दिएछन । निधिले भने एमाओवादी अध्यक्ष प्रचण्डले पार्टीले मानेन भन्दै ब्याक भएका हुन् ।
हिजोमात्रै सरकारले काम गर्न नसकेको भन्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेका थिए। उनको निर्णयलाई पार्टीको स्थायी समितिले पास गर्दै कांग्रेसको सहयोगमा सरकारको नेतृत्व गर्ने तय गरेको थियो ।
कृषि मन्त्री तथा एकीकृत नेकपा माओवादीका नेता हरिबोल गजुरेलले  एमालेसँगको छलफलमा अहिलेकै सरकारलाई निरन्तरता दिने समझदारी भएको बताए । ’बिहान एमाले उपाध्यक्ष बामदेव गौतम र अध्यक्ष बस्नुभएको थियो, यही सरकारलाई निरन्तरता दिने समझदारी बन्यो’ उनले भने ।

प्रकाशित मिति: May 5, 2016

प्रतिक्रिया दिनुहोस्