Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैद्य र बादल बिच दोहरी: एकले अर्कोलाई सिद्धयाउने धमकी !


काठमाडौं । पार्टी एकतालाई लिएर चर्चा चलिरहेका बेला एकीकृत माओवादी र नेकपा (माओवादी क्रान्तिकारी) बीच झनै अन्यौल बढेको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा कांग्रेससहित नयाँ  सरकार बनाउन व्यस्त रहेकाले तत्काल एकता प्रक्रिया अन्यौलमा परेको स्रोतको भनाइ छ ।
एमाओवादीसँग  नेकपा (माओवादी क्रान्तिकारी) का अध्यक्ष मोहन बैद्य सकारात्मक छैनन् । तर, रामबहादुर थापा बादल भने बैद्यलाई छाडेर भएपनि अध्यक्ष दाहालसँग  मिल्न जाने पक्षमा छन् ।
उनले आफ्नो राजनीतिक भविष्यलाई भन्दा पनि माओवादी पार्टीलाई जीवन्त बनाउन खोज्दा उनको पार्टी एकीकरणको विषयले खासै स्थान पाउन नसकेको पनि बताइन्छ ।
बैद्यले पार्टी एकीकरणकै विषयमा बिबाद भएपछि केन्द्रीय कार्यसमितिको बैठक एक महिनाका लागि स्थगित गरेका थिए ।
बैठक वैशाख २८ गतेका लागि बोलाउनु पर्ने हो । तर, बैद्यले अहिलेसम्म बैठक बोलाउने सुरसार गरेका छैनन् । बैद्यलाई तह लगाउन बादलले वैशाख २७ गते केन्द्रीय सदस्यहरुलाई सम्पर्क गर्न लगाएका छन् ।
यदि, अध्यक्ष बैद्यले केन्द्रीय कार्यसमिति नबोलाएमा थापाले आफ्ना समूहका सदस्यहरुलाई सहभागी गराई वैशाख २८ गते बैठक बोलाएर अध्यक्ष बैद्यलाई कारबाही गर्ने योजनामा पुगेको स्रोतको दाबी छ ।
बादल जसरी हुन्छ एकीकृत माओवादीमा बिलय हुन चाहन्छन् । नेकपा (माओवादी क्रान्तिकारी) मा बैद्य अल्पमतमा रहेको स्रोतको दाबी छ ।
बादल बहुमतमा रहेकाले बैद्यलाई सधै अप्ठेरोमा पार्ने गरेको बताइन्छ । सरकार परिवर्तनसँगै पार्टी एकीकरण नहुने थाहा पाएपछि बैद्यले बादललाई देखाइदिने खबर यूनाइटेड पोष्टले समाचार छापेको छ ।
अब यस्तै अवस्था रहे बैद्यले बादललाई कारबाही गरेर पार्टीबाट निष्कासन गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

प्रकाशित मिति: May 5, 2016

प्रतिक्रिया दिनुहोस्