Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदार पार्टीमा ४२ जना केन्द्रीय सदस्य चुनिए, १४ जना गैरमधेशी


काठमाडौं  । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को जारी प्रथम महाधिवेशनबाट ४२ जना केन्द्रीय सदस्य चुनिएका छन् ।
र्निविरोध निर्वाचित अध्यक्ष विजय गच्छदारले ४२ जना केन्द्रीय सदस्य चुनेका छन् । अध्यक्ष गच्छदारलाई नै केन्द्रीय सदस्य चयन गर्ने अधिकार दिइएको थियो ।
गच्छदारले चयन गरेको ४२ जना केन्द्रीय सदस्यमा १४ जना गैरमधेशी परेका छन् । गणेश लामा पनि गच्छदारको केन्द्रीय सदस्यमा अटाएका छन् ।
गएराती १२ बजे नाम सार्वजनिक गरिएको हो । ४२ जना केन्द्रीय सदस्यका लागि ९७ जनाले उम्मेदबारी दिएका थिए । छानिएका सदस्यहरूको नामावली निर्वाचन समितिले करिव १ बजे घोषणा जारी गरेको थियो ।
खुलातर्फ २१ र समावेशीतर्फ छुट्याइएको आरक्षण कोटामा २१ सदस्य छानिएका हुन् । खुलातर्फको सदस्यमा नन्दकुमार सरदार, कामेश्वर प्रसाद साह, गणेश लामा, मो, मुस्ताक आलम, शिवकुमार गुर्मछाने, छेदीलाल चौधरी, उमाशंकर अरगरिया, सिध्दीकुमार महर्जन, सपनकुमार दास, योगेन्द्र चौधरी, लक्षमण यादव, सुबोधकुमार पोखरेल, प्रेम बिसी, मो, तौफिक खान, निरू कार्की, वेदनारायण गच्छदार, अनिलकुमार गौंड, हरेन्द्र सिंह, राजकुमार नाल्बो, प्रदीपकुमार चौधरी र बासुदेव राना रहेका छन् ।
महिलातर्फको सदस्यमा जस्वी मन्डल र रूक्मणी मन्डल चुनिए भने हिमाल पहाडका आदिवासीका लागि छुट्याइएको कोटामा सार्कीमान बल र जयराज संयोक लिम्बू चुनिए ।
तराई मधेशका आदिवासी जनजातिबाट उषा राजबंशी र शिवनारायण उराउ चुनिएका छन् भने तराई मधेशका दलित कोटामा कलावतीदेवी पासवान र रमणी राम छानिएका छन् ।
हिमाल पहाडका लागि छुट्याइएको दलित कोटामा सन्तोशी विश्वकर्मा र हस्तबहादुर विश्वकर्मा परे भने पिछडा बर्गबाट राम लखन ठाकुर र देबनारायण मुखिया छन् । खस आर्य सदस्यमा शिवप्रसाद दंगाल र दुर्गादेवी कोइराला चुनिए ।
मधेशी सदस्यको चारवटा कोटामा चन्दा साह, अर्जुनप्रसाद शर्मा, जवाहरलाल यादव र नारायणप्रसाद मेहता परे । मुस्लिम समुदायबाट गफार अन्सारी र मो, महताब आलम छनोटमा परे । 
कर्णाली क्षेत्रका लागि भनेर छुट्याइएको कोटामा धनप्रसाद पाण्डे केन्द्रीय सदस्यमा चुनिएका छन् ।

प्रकाशित मिति: May 5, 2016

प्रतिक्रिया दिनुहोस्