Logo
४ बैशाख २०८१, मंगलबार
(May 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको ‘ताजमहल’सग प्रत्यक्ष साक्षत्कार !

पाल्पा । वागलुङ जिल्लाको बलेवादेखी प्रेमको प्रतिकको रुपमा रहेको नेपालको ताजमहल भनी चिनिने रानिमहललाई अखवार र टेलिभिजनको पर्दामा मात्र देखेका सविन गौतम रानिमहललाई सात्क्षात रुपमा देख्न पाउँदा निकै खुसि भए । 
उनिमात्र होइन जिल्ला सदरमुकाम तानसेननै नपुगी रानीमहलको दृश्यावलोकन गर्न आएका म्याग्दि जिल्लाको रुम गाविसका त्रिर्थेन्द्र भट्टचन राम्दीदेखी सिधा सडक पार गर्दै रानिमहलमा २ घण्टाको बसाईपछी वुटवल पुग्न पाएकोमा निकै खुसी देखिन्थे । 
हिन्दु धर्मावलम्बिहरुको पवित्र धार्मिक नदी कालिगण्डकीको किनारमा पाल्पा गाँैडाको बडा हाकिम खड्गशमशेरले आफ्नी दिवंगत कान्छि श्रिमती तेजकुमारीको ईच्छा अनुसार उत्तरवाहिनी कालीगण्डकीको मोडमा चट्टानमाथी रानिमहलको निर्माण गरेका थिए । प्रेमको प्रतिक मात्र नभई अमर प्रेमको चिनोको रुपमा नयाँ पुस्ताका युवायुवतीले रानिमहललाई लिने गरेकोले पनी विशेषन गरी यो युवायुवतीहरुको रोजाईमा पर्दै आएको छ । 
कालीगण्डकी नदीलाई एक्लै नियाल्दै टोलाईरहने रानिमहललाई यतिखेर उत्तर दक्षिण जोडने कालीगण्डकी करिडोरले साँक्षी राख्दै राम्दीदेखी रानीमहल हुँदै अर्गली सम्मको सडक यातायातले सामिप्यताको बन्धनमा बाँधिदिएपछि  वागलुङका सविन गौतम र म्याग्दिका त्रिर्थेन्द्र भट्टचन मात्र होइन उनिहरुजस्ता सयौँ आन्तरीक पर्यटकहरुका लागी रानीमहल प्रमुख गन्तव्यको थलो बन्न पुगेको हो । ३ बर्ष अगाडी मात्र सदरमुकाम तानसेन र बराङदी देखी अवहल हुँदै रानिमहल जोडने सडक निर्माण कार्य पुरा भएको थियो । 
जिल्ला विकास समिती र सडक कार्यालयको आर्थीक तथा प्राविधीक रेखदेखमा निर्माण कार्य पुरा भएपनी सडकको स्तरेन्नती हुन नसक्दा रानिमहल पुग्ने जोकोहीलाई पनी यात्रा त्रासपूर्ण हुने भएकोले कालीगण्डकी करीडोरले रानीमहलको पर्यटन प्रबद्र्धनमा सहयोग पुगेको रानिमहल क्षेत्र संरक्षण समितीका अध्यक्ष देविप्रसाद भट्टराई बताउँछन् । 
वुटवलदेखी पाल्पा हुँदै पोखराको यात्रा तय गरेका रुपन्देही तिलोत्तमा  नगरपालीकाका लक्ष्मी कोईराला र प्रकाश लम्सालको जोडिलाई रानिमहलसम्म पुग्ने धोको कालिगण्डकी करीडोरका कारण पुरा भएको उनिहरु बताउँछन् । पोखरा पुग्नु अगावै स्याङजा र पाल्पाको सिमानामा पर्ने पाल्पाको राम्दीदेखी ट्रयाक खुलेको देखेपछी कालीगण्डकी नदीको किनारवाट निर्मित सडकबाट रानिमहल पुग्न पाउँदा हर्षीत भएको उनिहरुले बताए । 
रानिमहल नजीकै घर भएका छेर्लुङका लालबहादुर खत्री भन्दछन, –‘ रानिमहल र यस क्षेत्रको विकासका लागी यस अगाडी निर्मित सडकले भन्दा करिडोरले नै धेरै सघाउँ पु¥र्याउँने छ ।’ लुम्बिनी देखी पोखरा र पोखरा देखी लुम्बिनी पुग्ने आन्तरीक र वाह्य पर्यटकलाई रानिमहल भित्रयाउन मुख्य प्रवशेद्धार नै खुलेको छ । यसले सिङगो पाल्पाको भन्दा रानिमहल क्षेत्रको विकासका लागी बलियो ढोका खुलेको नाटा पाल्पाका सचिव सागर महर्जन बताउँछन् । 
बर्तुङदेखी रानिमहल २० किलोमिटरको दुरीमा अवस्थित छ । तर राम्दिदेखी पनी २० किलोमिटकै दुरी र सहज सडकका कारण तानसेनको तुलनामा राम्दिबाट छिटो र ,सहज तरीकाले रानिमहल पुगिने हुँदा लुम्बिनी पोखरा पर्यटकहरुको रोजाईमा पर्ने सचिव महर्जन बताउँछन् । कालिगण्डकी करिडोरका प्रमुख गुरुप्रसाद अधिकारी भन्दछन,‘ राम्दी रानिमहल सडक खण्ड तिन भागमा वर्गिकरण गरी २० किलोमिटर लम्बाई, साढे ७ मिटर चौडाई रहेको  सडकखण्ड प्रारम्भिक चरणमा ८ करोड ५५ लाख रुपैयाँ लागत लागेको छ । सडकका कारण रानिमहल क्षेत्रमा राम्दि हुँदै प्रवेश गर्नेको संख्या बढन लागेको छ ।’ 
रानिमहल क्षेत्रलाई सडक यातायातले सहज रुपमा जोडेको छ । प्रेमको प्रतिकको स्वरुप धरोहरका रुपमा पुर्खाले सदाका लागी, सबैका लागी छोडेको चिनो संरक्षण गर्ने, यस क्षेत्र आसपासमा त्यहाँ पुग्ने पर्यटकको ईच्छा र स्वाद अनुसार खाना र वासको व्यवस्थातर्फ स्थानीय वासिन्दाले पहल गर्ने हो भने सडक यातायातले जोडिएको अर्थले सार्थकथा पाउने नेपाल नागरीक समाजका अध्यक्ष पुश्करराज रेग्मी बताउँछन् । 
रानिमहल निर्माताले भविष्यलाई भन्दा वर्तमानलाई दृश्टिगत गरी तत्कालीन अवस्थामा निर्माण गराएका हुन । कालिगण्डकी नदी धार्मिक दृष्टिकोणबाट महत्वपूर्ण छ नै त्यसैमाथी उत्तरमोड तर्फ हानिएको कालीनदीको थप महत्व रहेको छ । 
स्याङजा तर्फबाट दरवारलाई नियाल्दा दरवार पानी माथी तैरीएजस्तो देखिन्छ । अव यसको दृश्यावलोकन गर्न आउने आन्तरिक तथा वाह्य पर्यटकको सुविधाका लागी राष्ट्रिय सडकले जोडिदिएपछी पर्यटन विकासमा थप टेवा पुग्ने पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष मोहन श्रेष्ठ बताउँछन् । सडक संजालले जोडनु, पुरातत्व विभागले दरवारको मर्मत तथा रंगरोगन गर्नु दुई कार्य एकसाथ भएकोले कहिलेकाँही संचारमाध्यममा छाउने, पुस्तक कपिका आवारणमा छापिने रानीमहल यतिखेर दैनिक ५० देखी एक सय व्यक्तिको मोवाईल,क्यामरामा कैद हुन लागेको स्थानीय वासिन्दाहरु बताउँछन् । 
चट्टान नै चट्टानले निर्मित पहाडको काखमा उत्तरवाहिनी कालीगण्डकी नदीको किनारमा निर्मीत दरवारले झण्डै १ सय २५ बर्षको ईतिहास बोकेर प्रगाढ प्रेमको सिङगो ईतिहास बोकेर एक्लै ठडिएको भएपनी दरवारकै कारणले गर्दा दरवार नजिकैबाट नै पक्कि मोटर गुडने पुल निर्माण कार्य सुरु भएको छ । पक्कि पुलकै कारणले गर्दा पाल्पाको मात्र नभई स्याङजा जिल्लाको विकासमा समेत ठुलो सहयोग पुग्ने सडक कार्यालयका प्रमुख सुजन अधिकारी बताउँछन् । पत्रकार प्रकाश नेपालको सहयोगमा 

प्रकाशित मिति: May 5, 2016

प्रतिक्रिया दिनुहोस्