Logo
१३ बैशाख २०८१, बिहीबार
(May 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उडीरहेको विमान हल्लिँदा ३१ हवाई यात्रु घाइते



अबुधाबी । इतिहाद हवाई सेवाको एक विमानले बुधबार एक गम्भीर एवम् अनपेक्षित हलचल उडान अनुभवको सामना गर्नुपरेको उक्त हवाई कम्पनीले बताएको छ ।
जकार्तामा अवतरण हुन लागेको अवस्थामा इतिहाद विमान कम्पनीको ए ३३०–२०० को विमानमा प्राविधिक समस्या आएपछि विमानमा यात्रारत् ३१ यात्रु घाइते भएको र विमानको अगाडिको भागमा केही क्षति पुगेको उक्त कम्पनीका प्रवक्ताले बताए ।
विमानलाई सोइकार्नो हट्टा अन्तर्राष्ट्रिय विमान स्थल अबुधाबीमा सकुसल अवतरण गराइएको र आकस्मिक अवतरण गराइने क्रममा घाइते भएका यात्रुलाई स्थानीय अस्पतालमा उपचार गराइराखिएको इतिहादका प्रवक्ताले बताए ।
इतिहाद विमानसेवाको अवुधावीबाट जकार्ताका लागि छुटेको उडान नम्बर ४७४ को विमानमा जाकार्तामा अवतरण हुनुभन्दा करीब ४५ मिनेट पहिले अनपेक्षित रुपमा हलचल आएको थियो । यसबारे बिस्तृत बिवरण समाचार तयार पार्नेवेलासम्म आइसकेको छैन ।

प्रकाशित मिति: May 5, 2016

प्रतिक्रिया दिनुहोस्