Logo
७ बैशाख २०८१, शुक्रबार
(May 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोनाक्षी र मलाइकाले नेपालमा आइ भूकम्प पिडितलाई सहयोग गर्ने

काठमाडौ ।  भूकम्पले दिएको पिडा लाई अलिकति भएपनि कम गर्नका लागि “भुकम्प पिडितलाई पुर्नवास” भन्ने सन्देश लिई नेपाली सेनाको श्रीमती संघले “अमरपन्छी” कार्यक्रम यही आउँदो जेठ १ गते काठमाँडौको टुडिँखेलमा गर्ने भएको छ ।
यसअघि नेपाली सेनाको श्रीमती संघले यो भन्दा अघि प्रसिद्ध भारतिय गायक मोहित चौहानको लाइभ कन्र्सटको आयोजना गरेको थियो र उक्त कन्र्सट बाट उठेको रकम आर्मीका विधवा महिला र बालबच्चा लाई व्यवसायिक तालिमको लागि उपलब्ध गराएको थियो ।
यस पटकको कार्यक्तममा ६० हजार मानिसहरुको उपस्थिती रहने अनुमान गरिएको सो कार्यक्रममा भारतकी चर्चित अभिनेत्री सोनाक्षी सिन्हाका र मलाइका अरोरा खानका साथमा नेपालका चर्चित अभिनेत्रीहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी,रिचा शर्मा, सुष्मा कार्की र इन्दिरा जोशीलाई स्टेजमा देख्न सकिने छ ।
कार्यक्रमबाट उठेको रकम भुकम्प पिडितहरुको पुर्नस्थापना र केही रकम धरहराको पुन निर्माणका लागि प्रदान गरिने छ । करिब साढे दुई घण्टाको समय रहने सो कार्यक्रमको टिकटको मुल्य रु ५००, १०००, २५००, ५००० र ७००० रहेको छ ।

प्रकाशित मिति: May 5, 2016

प्रतिक्रिया दिनुहोस्