Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धनको बैठकमा तमलोपा अनुउपस्थित, अन्दोलन कडा बनाइने निर्णय



काठमाडौं  । मधेसी मोर्चा र जनजाति पार्टीहरु सम्मिलित संघीय गठबन्धनको बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका नेताहरु अनुपस्थित भएका छन् । संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको बैठकलाई तमलोपाका नेताहरुले उपस्थित भएनन ।
भने यसअघि तमलोपाले मधेशमा गठबन्धनको काम छैन भन्दै जनकपुरमा निर्णय गरेका थिए भने बिहिबार तमलोपाका नेताहरु बैठकमा अनुउपस्थित हुदा चौतर्फी रुपमा तमलोले बहिस्कार नै गरेको भनी प्रचारित हुन थालिएको छ । 
उपेन्द्र यादवले भारतको नयाँ दिल्ली उड्नअघि महन्थ ठाकुरलाई फोन गरेर बैठकको बारेमा जानकारी दिएका थिए । तर, आफू दिल्ली जान लागेको भन्दै आफ्नो स्थानमा अन्य नेतालाई पठाउने ठाकुरले यादवले जानकारी दिएका थिए ।
उपेन्द्रको फोनपछि महन्थले सवेन्द्रनाथ शुक्ला, जितेन्द्र सोनल, बृजेश गुप्ता, गोविन्द चौधरी लगायत नेताहरुलाई फोन गरेर बैठकमा जान आग्रह गरेका थिए । तर, कोही पनि नेता बैठकमा जान तयार भएनन् ।
तमलोपा स्रोतका अनुसार जितेन्द्र सोनलले त ‘तपाईं भन्नुहोस् म आगो र पानीमा जान छु तर गठबन्धनको बैठकमा जान सक्दिनसम्म’ को जवाफ महन्थलाई दिएका थिए ।
मधेशी मोर्चालाई छायाँ पारेर संघीय गठबन्धनलाई आन्दोलनको नेतृत्व दिएपछि मोर्चाभित्र बिबाद उत्पन्न भएको छ । मधेशी मोर्चामा रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीबाहेक अरु दल संघीय गठबन्धनप्रति असन्तुष्ट छन् । मोर्चामा हाल सातवटा दल रहेका छन् । जनकपुरमा दुई दिनसम्म बसेको तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको बैठकमा यो विषय प्राथमिकताका साथ उठेको थियो ।
आन्दोलन प्रभावकारी बनाउने
यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले आफ्ना जारी आन्दोलनका कार्यक्रमलाई थप प्रभावकारी बनाउने भएको छ । 
सङ्घीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा तमलोपाको नेताहरुको अनुपस्थिती मै बसेको गठबन्धनको बैठकले आगामी जेठ २ मा हुने राजधानी केन्द्रित आन्दोलनलाई सशक्त रुपमा अघि बढाउन विभिन्न समिति तथा उपसमिति गठन गर्ने निर्णय गरेको गठबन्धनमा आबद्ध सद्भावना पार्टीका नेता अर्जुन उप्रेतीले जानकारी दिए । 

प्रकाशित मिति: May 5, 2016

प्रतिक्रिया दिनुहोस्