Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेट लगत्तै प्रचण्डलाई प्रधानमन्त्री बनाइने सर्तमा भयो, एमाले–एमाओवादी गठबन्धनको नविकरण !

काठमाडौँ ।  झण्डै बिगठन हुनलागिएको भनिएको बर्तमान खडगप्रसाद ओली नेतृत्वको सरकार केहि दिनका लागि फेरी निस्फिक्र भएको छ । तर श्रोतले भन्यो ‘कुनै बुदामा न लेखिएको भएता पनि मुख्य बुदाको रुपमा बजेट लगत्तै प्रचण्डलाई प्रधानमन्त्री बनाइने, बामगठ्न्धनलाई जोगाइ राख्ने  सहमती भएको हो’ जस्कारण यो गठबन्धन एकपटक जोगिएको छ । 
सत्तारुढ नेकपा एमाले र एमाओवादी गठबन्धनको फेरी नविकरण भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले ९ बुँदे समझदारी गर्दै सत्ता गठबन्धनलाई निरन्तरता दिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ एमाले र एमाओवादीबीच ९ बुँदे समझदारीमा हस्ताक्षर भएको हो। सहमतिका अधिकाशं बुँदा शान्ति प्रक्रियासँग सम्बन्धित रहेका छन् । 
सहमतिको पहिलो बुँदामा संविधान कार्यान्वयन र सामाजिक आर्थिक परिवर्तनका लागि अनुकूल वातावरण श्रृजना गर्न राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने उल्लेख छ। त्यसैगरि दोश्रो बुँदामा संघीयता लगायतका विषयमा मधेशकेन्द्रित दलहरुले उठाएका विषयमा छलफल गरी राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउने उल्लेख छ।

सहमतिका पाँच बुँदा भने शान्ति प्रक्रियासँग सम्बन्धित रहेका छन् जसमा संक्रमणकालीन न्याय सम्बन्धि कार्य अगाडि बढाउन १५ दिनको मिति समेत तय गरिएको छ। त्यस्तै सरकारको नियुक्ति र महत्वपूर्ण निर्णयमा निरन्तर संवाद गर्ने तथा  भूकम्प पछिको पुर्ननिर्माणमा स्वयमसेवक परिचालन गर्ने  र पुर्ननिर्माणलाई द्रुत बनाउने सहमतिमा उल्लेख छ।

प्रकाशित मिति: May 6, 2016

प्रतिक्रिया दिनुहोस्