मुख्यमन्त्रि अरविन्दलाई चाहियो प्रधानमन्त्रि मोदीको मार्कसिट सर्टिफिर्केट
मोदीले सन् २०१४ मा भएको निर्वाचनमा बीए र एमए गरेको जानकारी बुझाएका थिए। उनले पेश गरेको शैक्षिक योग्यताअनुसार सन् १९७८ मा मोदीले दुर शिक्षा अन्तर्गत दिल्ली युनिभर्सिटीबाट बीए पास गरेका थिए। उनी राजनीतिशास्त्रका विद्यार्थी थिए। सन् २०१२ मा र २००७ मा गुजराजको निर्वाचनमा समेत उनले यही दावी गरेका छन्।
गत अप्रिल २९ मा सेन्ट्रल इन्फर्मेसन कमिसनले दिल्ली र गुजरात युनिभर्सिटी दुवैलाई मोदीको शैक्षिक योग्यताबारे जानकारी दिन भनेको थियो। गुजरात युनिभर्सिटीले भने मोदीले ६२।३ प्रतिशत अंक ल्याउदै एमए पास गरेको जनाएको छ। दिल्ली युनिभर्सिटीले भने केही खुलाएको छैन। दिल्ली युनिभर्सिटीले त सुरुमा सूचना दिन नै मानेको थिएन। एजेन्सीको सहयोगमा