Logo
१३ बैशाख २०८१, बिहीबार
(May 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण पो राष्ट्रपति भण्डारीको भ्रमण रद्द

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको २७ बैशाखदेखि प्रस्तावित भारत भ्रमण स्थगित भएको छ । भारतलाई राजकिय भ्रमण गराउने तयारी समेत भएको थियो ।

राष्ट्रपतिको भारत भ्रमण तत्कालका लागि स्थगित भएको जानकारी परराष्ट्र मन्त्रालयले शुक्रबार बिहान दिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

भण्डारी २७ बैशाखदेखि ५ दिने भ्रमणमा भारत जाने गरी परराष्ट्र र भारतीय बिदेश मन्त्रालयले तयारी गरिरहेका थिए ।

राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा भारत जाने तय भएको थियो । त्यस्तै उनी मध्यप्रदेशको उज्जैनमा आयोजना हुने कुम्भ मेलामा पनि सहभागि हुने तय भएको थियो ।
त्यसो त भारतको उक्सावटमा आफ्नो नेतृत्वको सरकार हटाउन लागेको भन्दै एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले केपी ओलीले हिजो संसदमा भाषण गरेका थिए ।

भारतीय सरकार पक्ष र नेपालका प्रधानमन्त्री बिच खटपट देखिएकाले भ्रमण स्थगित भएको उच्च स्रोतले बताएको छ ।

प्रकाशित मिति: May 6, 2016

प्रतिक्रिया दिनुहोस्