Logo
१७ मंसिर २०८०, आईतबार
(May 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार परिवर्तनको खेलमा लागेको भन्दै राजदूत उपाध्यायलाई फिर्ता बोलायो

काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

सरकार परिवर्तनको खेलमा संलग्न भएको आरोप लगाउँदै एमाले नेतृत्व केपी शर्मा ओली सरकारले उनलाई फिर्ता बोलाइएको बताइएको छ ।

स्रोतका अनुसार परराष्ट्र मन्त्री कमल थापाले उपाध्यायको कामकारबाही सरकार अनुकूल नभएको भन्दै फिर्ता बोलाउने निर्णय गरेका हुन् ।

काठमाडौंमा भएको बेला ओली सरकार परिवर्तनको खेलमा संलग्न भएको, परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नदिइकन आफूखुसी कामकारबाही गर्ने गरेको र परराष्ट्र मन्त्रालयलाई जानकारी नदिएर नेपालका लागि भारतीय रञ्जीत रेसँग दुदूरपश्चिमको कार्यक्रममा गएको आरोप उपाध्यायलाई लगाइएको छ।

प्रकाशित मिति: May 6, 2016

प्रतिक्रिया दिनुहोस्