Logo
१३ बैशाख २०८१, बिहीबार
(May 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखराको मुटू हिमागृहलाई भाडामा दिने भनेपछि पोखरेलीको विरोध


पोखरा । नेपाल ट्रस्टले पोखराको हिमागृहलाई भाडामा दिन विज्ञापन निकालेको प्रति पोखरेलीले विरोध गरेका छन् । नेपाल ट्रस्ट कार्यालय, दरबारमार्ग काठमाडौले वैशाख १८ गतेको गोरखापत्रमा हिमागृहलाई भाडामा दिने प्रयोजनले १५ दिने सूचना प्रकाशित गरेको थियो ।
भाडामा दिन नहुने भन्दै पोखरेलीले विरोध जनाए । पोखराको रत्न मन्दिरसँगै रहेको हिमागृह पोखरेली समुदायका लागि ताल, हिमाल, वनजंगल र गुफा जस्तै ऐतिहासिक र प्राकृतिक महत्व राख्ने सम्पदा भएकोले पोख्रेलीले चासो दिएका हुन् । 
पटक पटकको छलफल, अन्तरक्रिया र गोष्ठीका क्रममा हिमागृह समेतको रत्न मन्दिर परिसरलाई सम्पदा क्षेत्र, जैविक विविधता पार्क र संग्रहालयका रुपमा संरक्षण गर्ने एक सूत्रीय अभिमत व्यक्त भएको स्मरण गराउँदै सार्वजनिक महत्व राख्ने हिमागृह रत्न मन्दिरको अभिन्न भूभाग समेत भएकोले भाडामा दिन नहुने नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलको भनाई छ । 
हिमा गृहलाई कुनै पनि बहानाबाजीमा निजी क्षेत्रलाई भाडामा दिने कार्यलाई अविलम्ब खारेज गर्न आग्रह उनले माग गरे । नागरिक समाज पोखराका संयोजक पौडेलको विशेष पहलमा राष्ट्रिय सम्पदा संरक्षण समिति नेपाल, रत्न मन्दिर फेवाताल सरोकार समिति, पोखरा सम्पदा संरक्षण समिति, राष्ट्रिय पर्यटन प्रबर्द्धन समिति, पोखरा पर्यटन परिषद्, पोखरा उद्योग बाणिज्य संघ, रेवान पोखरा, पश्चिमाञ्चल होटल संघ, टान पश्चिमाञ्चल, नाट्टा पश्चिमाञ्चल र नगर महिला समन्वय समिति पोखराले हस्ताक्षर गरेको विरोधपत्रलाई नेपाल ट्रस्टको पोखरा कार्यालय मार्फत आजै केन्द्रीय कार्यालय काठमाडौ पठाइएको छ । अभियानलाई राष्ट्रिय पर्यटन परिषद्का सदस्य बासु त्रिपाठी, नेपाल पर्यटन बोर्डका पूर्व सदस्यहरु अग्नि कँडेल र टीकाराम सापकोटाले ऐक्यबद्धता जनाएका छन् । 
राजपरिवारले प्रयोग गर्ने गरेको पोखराको लेकसाईडस्थितरहेको हिमागृह भाडामा नदिन पोखरेलीमा मागगरेका छन । नेपाल ट्रस्टको कार्यालय, दरबारमार्ग काठमाडौले गत बैशाख १८ गतेको गोरखापत्रमा हिमागृहलाई भाडामा दिने सूचना प्रकाशित गरेपछि यहाँका बिभिन्न सरोकारवालाले बिरोध गरेका हुन । 
पोखराको रत्न मन्दिरसँगै जोडिएको हिमागृह पोखरेली समुदायका लागि ताल, हिमाल, वनजंगल र गुफा जस्तै ऐतिहासिक र प्राकृतिक महत्वको सम्पदा भएको बताउदै संघ सस्थाहरुले बिरोध गरेका हुन । 

प्रकाशित मिति: May 6, 2016

प्रतिक्रिया दिनुहोस्