Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओमनको राजदूतमा फोरम लोकतान्त्रिकको कोटाबाट पराजुली सिफारिस


काठमाडौ । सरकारले ओमनको राजदूतका लागि शर्मिला पराजुलीलाई सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पराजुली लाई सिफारिस गरेको हो । 
लामो समय देखी रिक्त रहेका २२ मुलुककका राजदूत मध्ये यस भन्दा अघिको बैठकले २१ जना सिफारिस गरेको थियो । सत्तासिन दलहरु एमाले एमाओवादी, राप्रपा नेपाल र मधेशी जनअधिकार बीच भागबण्डामा सहमति भएपछि राजदूत नियक्ति गरिएको हो । 
अघिल्लो मन्त्रिपरिषद्को बैठकमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको भागमा परेको ओमनका लागि राजदूतमा नाम नआए पछि अन्य २१ मुलुकका लागि मात्र सिफारिस गरेको थियो । शुक्रबार पराजुली मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको कोटाबाट राजदूत सिफारिस भएकी हुन् ।
यसैगरी शुक्रबारको मन्त्रिपरिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम र प्रि बजेटका बिषयमा समेत छलफल गरेको प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ निरु पालले जानकारी दिइन। 
सरकारले आगामी बैशाख २६ गते नीति तथा कार्यक्रम संसदमा राष्ट्रपति मार्फत पेश गर्ने भएको छ । त्यसैगरी, नयाँं संविधानमा ब्यवस्था भए बमोजिम आगामी जेठ १५ गते आर्थिक बर्ष २०७३।७४ को बजेट पेश गर्ने भएको छ ।

प्रकाशित मिति: May 6, 2016

प्रतिक्रिया दिनुहोस्