यस्तो छ राज, एसएसपी सर्वेन्द्र खनाल झन् कडा हुनुको !
बैठकमा अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेकाले त्यसलाई तत्काल रोक्न अनुरोध गरे । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘यहाँ पढ्ने विद्यार्थीको भिसालगायतमा समस्या छैन, तर पढ्ने नाउँमा भटाभट कामदारमा पठाउने काम भइरहेको छ । यसले समस्या ल्याएको छ, सरकारले कुन मुलुकमा पढ्न पठाउन उपयुक्त छ वा छैन भनेर यकिन गरिदिने हो भने समस्या समाधान हुन्छ’, न्यौपानेले भने ।
उनले परामर्श केन्द्रको परामर्श विद्यार्थीका नाममा कामदार पठाउनका लागि रहेको भन्दै यस्ता विकृति रोक्न सरकारले छुट्टै ऐन बनाउनु पर्नेमा जोड दिएका थिए ।
समितिको शुक्रवारको बैठकमा सांसदहरुले शैक्षिक परामर्श केन्द्र र म्यानपावर व्यवसायीको गलत कार्यलार्य बाहिर ल्याइदिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई अझै कडाइका साथ प्रस्तुत हुन सुझाव दिएका थिए ।