Logo
१३ बैशाख २०८१, बिहीबार
(May 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसका नेता कोइरालाले सरकारलाई दिए यस्तो चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भारतका लागि नेपालका राजदूत दिपकुमार उपाध्यायलाई प्रतिशोधका आधारमा फिर्ता बोलाएर सरकारले जघन्य भूल गरेको बताएका छन्।

सरकार कांग्रेससँग प्रत्यक्ष मुठभेडमा उत्रेको बताउँदै उनले राजदूत फिर्तीको विषयमा बर्तमान सरकारले निकै महंगो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिए। उनले राजदूत फिर्ता बोलाएर सरकारले अराजकताको पराकाष्ठ प्रस्तुत गरेको बताए।

नेपाली कांग्रेस धुलिखेलले काभ्रेको धुलिखेलमा गरेको ‘शुभकामना आदानप्रदान तथा कार्यकर्ता प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक सञ्चालनका नाममा एमालेले न्यायपालिकालाई कार्यकर्ता भर्तीकेन्द्र बनाएको आरोप लगाए।

एमाले र तत्कालिन प्रधानन्याधीश कल्याण श्रेष्ठले न्यायपालिकामा गलत नजिर बसाएर न्याय क्षेत्रलाई राजनीतिको अखडा बनाएको आरोप लगाए। अपबित्र गठबन्धनको सरकार इतिहासकै असफल र कमजोर बनेको बताउँदै कोइरालाले कुनै पनी हालतमा संविधान कार्यान्वयन यो सरकारबाट हुनै नसक्ने ठोकुवा गरे।
कोइरालाले सरकार परिवर्तनको खेलमा लागेर कांग्रेसले कुनै गल्ती नगरेको पनि स्पष्ट पारे।

प्रकाशित मिति: May 7, 2016

प्रतिक्रिया दिनुहोस्