Logo
११ बैशाख २०८१, मंगलबार
(May 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राजदूत रन्जित रेलाई फिता पठाउने प्रम ओलीको अर्को तयारी !

काठमाडौँ । केपी ओली सरकारले एकाएक नेपाली कांग्रेसका केन्द्रिय नेता, पुर्व मनित्र समेत रहिसकेका  भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरे पछि नेपाली कांग्रेस र सत्ता पक्ष बिच टकराब बढेको छ ।

यसै बिच ओली सरकारको अर्को तयारी रहेको समाचार प्राप्त भएको छ । ओली सरकारले नेपाल स्थित भारतीय राजदूत रन्जित रेलाई  समेत कुनै पनि हालतमा फिर्ता पठाउने बारेमा भित्रि छलफल गरेको बालुवाटार निकट उच्च समाचार स्रोतले बताएको छ ।

भारतीय नाकाबन्दीमा समेत राजदूत रन्जित रेलाईले नकारात्मक भुमिका खेलेको भन्दै स्वयम् प्रधानमन्त्री केपी ओलीले राजदूत रन्जित रेलाई  जसरी भए  पछि नेपालबाट हटाउने रणनीति बताएकाछन् स्रोतले भन्यो । यसका  लागि हिजो देखि रन्जित रे कसरी हटाउने भनेर पटक पटक बैठक समेत  भएको बुझिएको छ ।

नाकाबन्दीका कारण नेपालीको जनजीवन कष्टकर बनिरहेका बेला विरोधका स्वरहरु समेत बाक्लिएको उहाँको बुझाइ रहेको बुझिएको छ । त्यसो त बिभिन्न राजनीतिक दल, तिनका भातृ संगठनदेखि आम नेपाली जनताले भारतीय राजदूतमाथि प्रश्न उठाएका छन् ।

यसैक्रममा नेपाल मजदुर किसान पार्टीसम्बद्ध पेशागत तथा जनवर्गीय संगठनहरुले केहि हप्ता अगाडि काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका थिए ।

रत्नपार्कबाट सुरु भएको जुलुसले भारतीय दूतावास पुगेर ज्ञापनपत्र समेत बुझाएको थियो ।  ज्ञापनपत्र बुझाउनुअघि दूतावास अगाडि आयोजित विरोधसभामा सहभागी वक्ताहरुले भारतीय राजदूत रन्जित रेलाई फिर्ता पठाउन नेपाल सरकारलाई आग्रह समेत गरेका थिए ।

दूतावासमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको ज्ञापनपत्रमा काठमाडौंस्थित भारतीय दूतावास, वीरगन्ज र विराटनगरस्थित भारतीय महावाणिज्य दूतावास अवाञ्छित गतिविधिमा संलग्न हुँदै आएको जिकिर गरिएको थियो ।

साथै, स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र मैत्रीपूर्ण, आपसी सम्मानकासाथ प्रगतितर्फ अघि बढ्न भारतीय प्रधानमन्त्रीलाई आग्रह पनि गरिएको थियो ।

प्रकाशित मिति: May 7, 2016

प्रतिक्रिया दिनुहोस्