बंगलादेशमा एक सूफी नेताको हत्या
काठमाडौं । बंगलादेशको उत्तर पश्चिम जिल्ला राजशाहीमा एक स्थानीय सूफी नेताको हत्या भएको छ ।
६५ वर्षका मोहम्मद शाहीदुल्ला शुक्रबार विहान घरबाट निस्किएका थिए । उनी त्यसबेलादेखि नै वेपत्ता थिए । उनको शव घाँटी रेटेर हत्या भएको अवस्थामा भेटिएको छ ।
प्रहरीका अनुसार उनी चर्चित नेता त होइनन् । तर, उनको हत्या इस्लामी चरमपन्थीले गरेको आशंका छ ।
पछिल्लो समय बंगलादेशमा अल्पसंख्यक, उदार विचारक कार्यकर्ता र विदेशीमाथि आक्रमण हुँदै आएको छ । पछिल्लो महिनादेखि अहिलेसम्म ६ जनाको हत्या भइसकेको छ ।एजेन्सीको सहयोगमा