Logo
८ बैशाख २०८१, शनिबार
(May 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोयल च्यालेन्जर्स बैङ्ग्लोरको महत्वपूर्ण जित


काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग क्रिकेट अर्थात आईपीएलमा कप्तान विराट कोहलीको शतकको मदतमा रोयल च्यालेन्जर्स बैङ्ग्लोर महत्वपूर्ण जित हात पारेको छ ।
शनिबार भएको खेलमा बैङ्ग्लोरले एमएस धोनीको टिम राइजिङ पुणे सुपरजाइन्टसलाई ७ विकेटले पराजित गरेको हो ।
पुणेले प्रस्तुत गरेको १९२ रनको लक्ष्य बैङ्ग्लोरले अन्तिम ३ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान कोहलीले कप्तानी पारी खेले ।
बैङ्ग्लोरलाई अन्तिम २ ओभरमा २२ रन चाहिएको थियो । १९ औं ओभरको अन्तिम दुई बलमा कोहलीले छक्का हान्दै शतक मात्र पुरा गरेनन्, बैङ्ग्लोरको जित सुनिश्चित गरेका थिए ।
अन्तिम ओभरको पहिलो बलमा १ र दोस्रोमा २ रन लिएका कोहलीले तेस्रो बलमा चौका हान्दै जित सुनिश्चित गरे ।
कोहली १०८ रनमा अविजित रहे । ५८ बलको सामना गरेका कोहलीले ८ चौका र ७ छक्का हाने । लोकेश राहुलले ३८ रन बनाए भने शेन वाट्सनले ३६ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको पुणेले अजिन्क्या रहाणेको ७४ रनको मदतमा २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाको थियो । शौरभ तिवारीले ५२ रन बनाए पनि अन्य बाट्सम्यान चल्न सकेनन् । पिटिआइ 

प्रकाशित मिति: May 7, 2016

प्रतिक्रिया दिनुहोस्