भैरहवामा ‘किङ्ग’ सुटिङ्गको क्रममा अभिनेता निखिल उप्रेती अस्वस्थ
काठमाडौं । फिल्म ‘किङ्ग’को छायाँकनको लागी भैरहवामा रहेका अभिनेता निखिल उप्रेती अस्वस्थ बनेको खबर छ । भैरहवाबाट निर्माता जयन श्रेष्ठले दिएको जानकारी अनुसार एक्शन दृश्य खिच्दैगर्दा निखिलले असहज अनुभुती गरेका थिए ।
निखिल अस्वस्थ बनेपनि फिल्मको सुटिङ पुर्णतः भने रोकिएको छैन् । थप अफ्ठ्यारो अवस्था आएमा सुटिङ रोकेर उपचारको लागी निखिल लाग्नेछन् ।
पाँच दिन लगाएर फिल्मको गीत छायाँकन गरिएपश्चात अहिले एक्शन दृश्यहरुको छायाँकन भईरहेको निर्माता जयनले बताए ।
फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरिरहेका छन् । जघन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा निखिलसँगै वेनिशा हमाल र अनुपबिक्रम शाही लिड रोलमा हुनेछन् ।