Logo
११ बैशाख २०८१, मंगलबार
(May 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटकी एलडिओ झालाई कमिसन नदिई कुनै कामै हुदैन !

काठमाडौं । मधेश क्षेत्रमा मधेशी नै कमृचारी हुनुपर्ने मागहरु बेलाबेलामा खुबै उढने गरेका हुन्छन तर रौतहटमा यतिबेला मधेशी हाकिमसगै सेवाग्राही पिडित बनेका छन ।
जिल्लाको विकास निर्माण र स्थानीय स्वायत्तताको सवालमा महत्वपूर्ण एवं गम्भिर जिम्मेवारी बोकेर रौतहट जिल्ला विकास समितिको प्रमुखका बारेमा खुलेआम टिकाटिप्पणी हुन थालेको छ । 

जिल्लाको विकास निर्माणको जिम्मेवारी बोकेकी एलडिओ बन्दना झाले गरेको हर्कतको अहिले स्थानीय रुपमा चर्चाको विषय मात्र बनेको छैन्, उनका हर्कतहरु छताछुल्ल भएसंगै विरोध समेत चर्किन थालेको छ ।

जिल्ला विकास समिति रौतहटकी प्रमुख स्थानिय विकास अधिकारी झाले पछिल्लो समय गरेको ७ जना कर्मचारी नियुक्तिदेखि स्थानीयविकास निर्माण, नदीजन्य बस्तुको चोरी तस्करीलाई संरक्षण दिँदै अवैध असुलीमा सक्रिय रहेको स्थानियहरुको आरोप छ ।

विभिन्न स्थानीय विकास कार्यक्रममा होस् वा गाविस सचिव सरुवा बढुवा वा गाविसहरुको विकास निर्माण आयोजनामा हुने लगानीहरु हुन एलडिओ झालाई कमिसन नदिई कुनै पनि आयोजनाहरु पास नहुने गरेको बताइएको छ ।

उनले कमिसन माग गर्दा उपप्रधानमन्त्री कमल थापालाई मात्र होइन्, स्थानीयविकास सचिवदेखि सामान्य प्रसासन सचिवसम्मलाई भागबण्डा गर्नुपर्ने भन्दै कमिसन लिने गरेको जिविसका एक कर्मचारीले बताए । उनले यसरी कमिसन मात्र असुलेकी छैनन्, हालै सात जना कर्मचारी नियुक्तीमा समेत मोटो रकम मोलमोलाई गरेर मनखुसी  नियुक्त गरेपछि उनको यो हर्कत छताछुल्ल भएको हो ।

लुट्नुको पनि सीमा हुन्छ तर एलडिओ झाले सीमा सुरक्षाका निम्त छुट्याइएको जिल्लाको बजेटमा समेत लुट मच्याएको बताइन्छ । त्यतिमात्र हो र विभिन्न गाविसले गरेको विकास निर्माणका कार्यहरुको भुक्तानि दिने बेलामा २० प्रतिशत कमिसन उललाई नबुझाए ति आयोजनाहरुले भुक्तानी समेत नपाउने गरेको बताइएको छ ।

साथै पछिल्लो समय विभिन्न गाविस एवं जिविसमा भएको रकममा समेत छिट्टै विभिन्न योजनाहरुको कागजात तयार परी रकम सिध्याउने अभियानमा एलडिओ बन्दना र उनका आसेपासेहरु सक्रिय भएको एक कर्मचारीले बताए ।

रौतहत जिल्ला विकास समितिका एलडिओ बन्दनाका कर्तुतहरुका बारेमा जिल्ला प्रसासन कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । उनका यस्ता गतिविधीबाट रौतहतका प्रमुख जिल्ला अधिकारी नरहरी बरालसमेत रुष्ट बनेको बताइन्छ ।

प्रकाशित मिति: May 7, 2016

प्रतिक्रिया दिनुहोस्