Logo
४ बैशाख २०८१, मंगलबार
(May 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हतियार किन्न ‘डिल’ गर्दै गर्दा ३ जना ठमेलबाट पक्राउ

काठमाडौं ।  सोह्रखुट्टे प्रहरीले शनिबार राती काठमाडौंको ठमेलबाट नक्कली पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ।

काठमाडौंका राजीव श्रेष्ठ, उदेव मनिष खान र आयुष श्रेष्ठलाई पक्राउ गरिएको डिएसपी सोमेन्द्र सिंह राठौंरले जानकारी दिए।

अर्कै समूहसँग हतियार किन्नका लागि ‘डिल’ गर्न आएका बेला उनीहरुलाई पक्राउ गरिएको उनले बताए। उनीहरुको साथबाट २ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

विदेशी महिला लुटिएको अपुष्ट खबर आएपछि प्रहरी सर्च अभियानमा जुटेको थियो । सो क्रममा पेस्तोल किन्नका लागि बार्गेनिङ भइरहेका बेला उनीहरु पक्राउ परेको प्रहरीले दाबी गरेको छ।

उपत्यकामा महिलाहरुको सुनको सिक्री लुटेर भाग्ने समूह उनीहरु नै भएको डिएसपी राठौंरले बताए।

उनीहरुले बुढानिलकण्ठ, सोह्रखुट्टे र सामाखुसीमा एकै दिन एउटै मोटरसाइकल प्रयोग गरी सुनको सिक्री लुटेको प्रहरीले जनाएको छ। उपत्यकामा १८ महिनायता सुनको सिक्री २६ जनाको लुटिएको तथ्थांक प्रहरीसँग छ।

प्रकाशित मिति: May 7, 2016

प्रतिक्रिया दिनुहोस्