Logo
१५ बैशाख २०८१, शनिबार
(May 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सात महिनापछि भट्टराई संसद् भवनमा, दिए मिश्रित प्रतिक्रिया


काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मिश्रित प्रतिक्रिया दिएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत नीति तथा कार्यक्रम परम्पराकै निरन्तरता भएपनि द्रुतमार्ग निर्माण, प्राविधिक उच्च शिक्षा अध्ययनमा दिइने भनिएको ऋण लगायतका कार्यक्रम सकारात्म भएको टिप्पणी गरेका छन् ।
ट्वीटरमा उनले भनेका छन्, ‘नीति–कार्यक्रम परम्पराकै निरन्तरतामा छ । बजेटले ठोस् गर्ला । द्रूतमार्ग निर्माण आफ्नै खर्चमा,प्राविधिक उच्च अध्ययनलाई ऋण आदि सकारात्मक छन् ।’ 
राष्ट्रपतिज्यूको संवोधन सुन्न’ सात महिनापछि बाबुराम संसद् भवनमा व्यवस्थापिका संसद्को सदस्यबाट राजीनामा दिएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई सात महिनापछि संसद् भवनमा उपस्थित भएका छन् । 
गत आसोज ३ गते संविधान जारी भएपछि संसद् भवन नगएका डा.भट्टराईले असोज ९ गते आफ्नो पार्टी र सांसद्बाट राजीनमा गरेका थिए । 
आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा डा। भट्टराई पूर्व प्रधानमन्त्रीको हैसियतले उपस्थित हुन लागेका हुन् ।
व्यवस्थापिका संसद्मा जानअघि उनले समाजिक सञ्जालमा त्यसको जानकारी गराएका थिए । उनले लेखेका थिए, ‘लामो समयपछि संसद जाँदैछु राष्ट्रपतिज्यूको संवोधन प्रत्यक्ष सुन्न ! नउत्तरदायीर अग्रगामी नीति-कार्यक्रम आओस् ! राम्रा कुराको हामी समर्थन गर्छौं  !! 

प्रकाशित मिति: May 8, 2016

प्रतिक्रिया दिनुहोस्