Logo
४ बैशाख २०८१, मंगलबार
(May 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेटोआबद्ध दुई सैनिक मारिए

काबुल   । दक्षिण अफगानिस्तानमा शनिबार भएको गोली प्रहारमा नेटोआबद्ध रिजोल्युट सपोर्ट सर्भिस (आरएस) का दुई सदस्य मारिएका नेटोद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाईएको छ ।
दक्षिण अफगानिस्तानमा शनिबार बिहान अफगानिस्तानी सुरक्षाबलको पोशाकसंग ठ्याक्कै मिल्ने नक्कली पहिरनमा आएका दुई सशस्त्रव्यक्तिहरुले गरेको गोली प्रहारबाट ती नेटो सैनिक मारिएका थिए ।
गोली प्रहारको लगत्तैपछि आरएसका अन्य सदस्यहरुले जबाफी कारबाही गरी ती सशस्त्र व्यक्तिहरुलाई मारेका बताइएको छ ।
अफगानिस्तानी र नेटोआवद्ध अधिकारीहरुले यस घटनाको विस्तृत अनुसन्धान सुरु गरेको र अनुसन्धानको नतिजापश्चात् सत्यतथ्य प्रकाशमा ल्याउने जानकारी दिएका छन् ।
यस घटनामा मारिएका सदस्यद्वयको राष्ट्रियता र विस्तृत विवरण भने आरएसको नीति भन्दै खुलासा गरिएको भने छैन । एजेन्सी । 

प्रकाशित मिति: May 8, 2016

प्रतिक्रिया दिनुहोस्