Logo
८ बैशाख २०८१, शनिबार
(May 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरोकारवालाको नाकैमुनी गुठीको सम्पत्तिमा एमालेका यी नेताहरुको रजाई


पवित्र शर्मा , काठमाडौं ।  न्यूरोड स्थित दैनिक कारोवार ठुलो हुने गरेकाले घर बहाल भाडा समेत महंगोमा लाग्ने स्भाबिकै हो । 
तर यहि महङ्गो बहालमा गुठी संस्थान र सार्वजनिक जग्गाबाट मासिक रुपमा भाडा असुली गर्दै लुट मच्चाउन एमाले पार्टीको आडमा एक गिरोह लागि परेको खबर छ । सो गिरोह विगत एक दशकदेखि सक्रिय रुपमा लागि परेको पाइएको छ ।
न्यूरोडस्थित रहेको रणमुक्तेश्वर मन्दिर परिसरमा रहेको पसल कल्वहरुबाट उठाइएका मासिक लाखौं रुपैयाँ होस् वा भुगोलपार्क संरक्षणको नाममा अवैध संस्था स्थापना गरेर न्यूरोड पिपलबोट एरियामा संचालनमा रहेका पसलहरुबाट किन नहोस् मासिक रुपमा भाडा अशुली गर्दै अनियमितता गर्न उक्त समूह अहोरात्र तल्लिन भएको बताइएको छ ।
रणमुक्तेश्वर मन्दिर संरक्षणका नाममा अनियमितता एवं ठगीको भएको समाचार प्रकाशन भएपछि अत्तालिएका संस्थाका पदाधिकारीहरुले रातारात संस्थाको नाम नै परिवर्तन गरेको बताइन्छ ।
रणमुक्तेश्वर मन्दिर संरक्षणको नाममा २०६५ सालमा स्थापना भएको रणमुक्तेश्वर जीर्ण उद्धार संरक्षण समितिले गरेको ठगी सम्बन्धी समाचार प्रकाशन गरेपछि उनीहरुले रातारात शनिवारको बैठकबाट नाम परिवर्तन गरी रणमुक्तेश्वर जीर्ण उद्धार तथा विकास समिति बनाएका हुन् ।
रणमुक्तेश्वर मन्दिर र मन्दिरले चर्चेका लगतपात सम्पूर्ण सम्पत्ति गुठी संस्थानको भएतापनि उनीहरुले उक्त संस्था स्थापना गरि राजेन्द्रमान श्रेष्ठ अध्यक्ष, तथा उपाध्यक्षहरुमा क्रमशः विन्देश्वर श्रेष्ठ, चिनीकाजी महर्जन, नेकपा एमालेको काठमाडौं जिल्ला सचिव, राजेश दंगोल सचिव सुरेश खड्गी, कोषाध्यक्ष राधाकृष्ण महर्जन लगायतलाई संलग्न गराई उक्त संस्थाको पुर्नगठन गरेका बताइएको छ ।
२०६५ सालदेखि अहिलेसम्म अवैध रुपमा दर्ता समेत नभएको उक्त संस्थाले यसबिचमा करोडौं रुपैयाँ अवैध रकम उठाएरका थिए ।
सो मन्दिरले चर्चेको भागमा रहेको विभिन्न पसल कवलहरुबाट मासिक लाखौं रुपैयाँ भाडादेखि मन्दिर संरक्षणका लागि भन्दै विभिन्न व्यवसायीहरुबाट समेत मोटो रकम अशुल्दै आएको आरोप रणमुक्तेश्वर मन्दिर परिसरमा पसल कवल भाडामा लिने एक व्यापारीले लगाए ।
यसरी उठाइएको रकम मनखुसी रुपमा खर्च गरी अनियमितता गरेको समाचार तीव्रखबरले प्रकाशन गरेको थियो । उक्त समाचार प्रकाशनसंगै लामो समय अवैध रुपमा प्रस्तावित संस्थाको नाम भजाएर ठगी गरेका श्रेष्ठहरुले रातारात तदर्थ समिति स्थापना गरी आफ्नो कर्तुत लुकाउने प्रयास गरेको आरोप स्थानीयबासीले लगाएका छन् ।
रातारात तदर्थ समिति स्थापना गरेका सो संस्थाले पुरातत्व विभाग र गुठी संस्ठानको प्रतिनिधीहरुलाई समेत समेट्नु पर्नेमा त्यसो गर्न नसकेको बताइएको छ । मन्दिरको जीर्ण उद्धारको नाममा उनीहरुले न्यूरोड एरियाको व्यापारी एवं व्यवसायीहरुबाट मोटो रकम अझै अशुल्ने तयारी गरिरहेको उनीहरुको संस्थामा आवद्ध एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
अझ उनीहरुले आरबी कम्लेक्सका संचालक राजेश श्रेष्ठसंग त मन्दिरका नाममा एक करोड रुपैयाँ माग गरेको खुलासा भएको छ । यसै विषयमा संस्थाको अध्यक्ष राजेन्द्रमान श्रेष्ठलाई प्रतिकृयाको लागि सम्पर्क गर्दा बताउन चाहेनन्, पछि पुनः सम्पर्क गर्दा फोन उठाएनन् ।  साभार : तीव्रखबर

प्रकाशित मिति: May 8, 2016

प्रतिक्रिया दिनुहोस्