Logo
७ बैशाख २०८१, शुक्रबार
(May 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थापासगँ हुदैँन भन्दा पनि सरकारले हामीलाई सन्कायो

काठमाण्डौ २७ वैशाख ।  सरकार वार्ता  वार्ता भन्छ , मेधेसी मोर्चाले टेर पुच्छर लाउँदैन्, यस्तै रमिता देखिएको छ सरकार र मोर्चामा । 
 संविधान जारी भएदेखिनै आन्दोलनमा रहेको संयुक्त मधेसी मोर्चाले सरकारले वार्ताकालागि गरेको पछिल्लो आह्वानलाई पनि लत्याएको छ ।
सरकारका तर्फवाट हिजो उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मोर्चालाई संवोधन गरेर लिखित पत्र पठाउनुभएको थियो । तर मोर्चाले विगत देखि उठाउँदै आएका माग संवोधन नहुँदा सम्म वार्तामा बस्नुको कुनै औचित्य नभएको जनाएको छ । जसले गर्दा सरकार र मोर्चाबीचको वार्ता अन्यौलमा पर्ने निश्चित छ ।
मोर्चाका नेता लक्ष्मणलाल कर्णले सरकारले गठन गरेको वार्ता टोलीको औचित्य नभएको बताउनुभयो । उहाँले समस्या समाधानकालगि हुने वार्ता उच्चस्तरिय भए सोँच्न सकिने पनि बताउनभुयो ।
उहाँको भनाई छ ‘हामी कमल थापासँग वार्ता गर्दैनौँ, वार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बस्नुपर्छ’ ।
 थापासगँ वार्ताँ हुदैँन भन्दा पनि सरकारले हामीलाई त्यहि मान्छे अगाडि सारेर झन् दुरि बढाएको छ मोर्चाका अर्का  नेताले न्यूज अप्रेसनलाई भने ।

प्रकाशित मिति: May 9, 2016

प्रतिक्रिया दिनुहोस्