Logo
४ बैशाख २०८१, मंगलबार
(May 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार सम्मेलन गरी मोदीको सर्टिफिर्केट सार्वजानिक, तर त्योपनि नक्कली !

काठमाडौं । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र भारत सरकारका एकजना सिनियर मिनिस्टर अरुण जेटलीले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको बीए र एमएको डिग्रीको कपी पत्रकारहरुलाई बाँडेका छन् ।
दिल्ली स्तित भाजपा मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा शाह र जेटलीले बताए अनुसार मोदीले दिल्ली विश्वविद्यालयबाट बीए र गुजरात विश्व विद्यालयबाट एमए पास गरेका छन् । भारतिय टेलिभिजन एबिपि न्यूजमा खबर छ । 
प्रधानमन्त्री मोदीको डिग्रीलाई लिएर आम आदमी पार्टीका प्रमुख एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रश्न उठाएका थिए ।
पत्रकार सम्मेलनमा भाजपा अध्यक्ष शाहले भनेका छन्, केजरीवालले मोदीको डिग्रीलाई लिएर जुन विवाद सुरु गरे, उनले देश र दुनियासँग माफी माग्नुपर्छ ।’वित्तामन्त्री जेटलीले केजरीवालको आरोप आधारधीन र राजनीतिको निकै तल्लो स्तरको भएको बताए ।




तर आपले भन्यो त्यो पनि नक्कली हो 

यसैबीच, भारतीय जनता पार्टीले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको बीए र एमएको प्रमाणपत्रको कपी बाडिएपनि आम आदमी पार्टीले भाजपाले सार्वजनिक गरेको मोदीको प्रमाणपत्र नक्कली भएको दाबी गरेको छ ।

भारतिय टेलिभिजन एबिपि न्यूजका अनुसार भारतीय प्रधानमन्त्री मोदीको डिग्रीलाई लिएर आम आदमी पार्टीका प्रमुख एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रश्न उठाएका थिए ।
भाजपा मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले मोदीको बीए र एमएको डिग्रीको कपी पत्रकारहरुलाई बाँडेका थिए । मोदीले दिल्ली विश्वविद्यालयबाट बीए र गुजरात विश्व विद्यालयबाट एमए पास गरेको उनले जानकारी दिए ।
मोदीको प्रमाणपत्र सार्वजनिक गर्दै शाहले अब केजरीवालले माफी माग्नुपर्ने दाबी गरे ।  तर, आम आदमी पार्टीले सार्वजनिक प्रमाणपत्र नक्कली भएको दाबी गरेको छ । 
दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा आपका नेता आशुतोषले प्रधानमनत्रीको बीए र एमएको डिग्रीमा भएको नाम फरक भएको बताए ।
उनका अनुसार बीएको प्रमाणपत्रमा नाम नरेन्द्रकुमार दामोदर दास मोदी छ भने एमएको डिग्रीमा नाम नरेन्द्र दामोदर दास मोदी मात्र छ ।
उनले भने, मोदीको बीएको अंकपत्र र डिग्रीमा परीक्षा वर्षपछि फरक फरक छ । अंकपत्रमा वर्ष १९९७ र डिग्रीमा १९७८ छ ।’  तस्विर : सौजन्य एबिपि न्यूज

प्रकाशित मिति: May 9, 2016

प्रतिक्रिया दिनुहोस्