Logo
१५ चैत्र २०८०, बिहीबार
(May 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकिकृतमाओवादीका १५ नेता चीन भ्रमणमा

काठमाडौं । सत्तारुढ एमाओवादीका १५ जना नेता १० दिनका लागि चीन भ्रमणमा लागेका छन । एमाओवादीका स्थायी समिति सदस्य चक्रपाणी खनाल बलदेवको नेतृत्वमा १५ जना नेताहरु चीन प्रस्थान गरेका हुन् ।
टोलीमा पूर्व उपसभामुख पूर्णकुमारी सुवेदी, अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल केन्द्रीय सदस्य प्रकाश हरी, हकिकुल्ला खान, सुनील कुमार पौडेल, दिलिप साह, विमला केसी, प्रमिला पुलामी, कमल नहर्की, युवराज भण्डारी, लोकबहादुर बोहरा र पत्रकार विवेक गौतम छन् । टोली जेठ ५ गते नेपाल फर्कनेछ।
एमाओवादी विदेश विभाग प्रमुख युवराज चौलागाईँका अनुसार चिनिया कम्युनिस्ट पार्टीको निम्तोमा उनीहरु चीन गएका हुन्।  चौलागाईँका अनुसार एमाओवादीको भ्रमण टोलीले चिनिया कम्युनिस्ट पार्टीले पार्टीको तल्लो तह कसरी निर्माण र परिचालन गर्छ अध्ययन गर्नेछन् । चीनमा ग्रामीण क्षेत्रको आधुनिक निर्माण कसरी भैरहेको छ भन्ने पनि उनीहरुले बुझ्नेछन् ।
यस्तै चीनमा जातीय समूह तथा समुदायहरुको व्यवस्थापन कसरी हुन्छ भन्ने विषयमा त्यहाँको ‘इथ्निक अफेयर्स कमिसनद्वारा आयोजित अन्तर्करियामा उनीहरुले भाग लिनेछन्। विदेश विभागको नेताहरुसँग भेटघाट र पहाडी पर्यटनसँग सम्बन्धित कार्यक्रममा उनीहरु सहभागी हुनेछन्।

प्रकाशित मिति: May 9, 2016

प्रतिक्रिया दिनुहोस्