Logo
१३ बैशाख २०८१, बिहीबार
(May 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मुंगेरी लालको हसीन सपना’ जस्तै सरकारको नीति–कार्यक्रम !

काठमाण्डौ । संसदमा पेश गरिएको ओली सरकारको नीति कार्यक्रमलाई सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ‘मुंगेरी लालको हसीन सपना’ जस्तै बताएका छन् ।

महतोले सरकारद्वारा पेश गरिएको नीति कार्यक्रम र ओलीको बोली दुबै उस्तै रहेको र सुन्नमा रमाईलो लाग्ने तर कहिले पुरा नहुने बताए।
नीति कार्यक्रममा पुरानै संक्रमणकालीन व्यवस्था अनुसार स्थानीय चुनाव गराउने सरकारको घोषणा प्रति सदभावना पार्टी अध्यक्षले आफ्नो आपत्ति जनाउनु भएको छ। 
महतोले संघीयताको कार्यान्वयन गर्नुको सट्टा पुरानै व्यवस्था अनुसार स्थानीय चुनावको घोषणा गर्नुले ओली सरकार शंकाको घेरामा आएको बताए। उनले भने ‘नयाँ संविधान कार्यान्वयन प्रति वर्तमान सरकार इमानदार छैन।’
नयां संविधान जारी भए पनि पुरानै व्यवस्था लाद्ने सरकारको नीयतले संघीयतानै खतरामा पर्ने महतोले बताए। उनले भने ओली सरकारको यस घोषणाले सरकार संघीयता बारे अझै अन्यौलमा रहेको बताउँदै यस बारे देशका जनतालाई प्रष्ट पार्न माँग गरेका छन् । 
ख्याल ठठ्टामा चलेको सरकारले नीति कार्यक्रम बनाउँदा पनि जनताको भावनासँग ख्याल ठठ्टानै गरेको महतोको भनाई छ। ओली सरकारको ‘एक घर एक रोजगारु योजना बारे प्रतिक्रिया दिंदै महतोले भने खयाली पुलाव पकाए जस्तै सरकारले देशको जनतालाई खयाली पुलाव बाँडेको छ। 
महतोले यो रोजगार कसरी दिने र रोजगारीको सृजना कसरी गर्नेबारे सरकारले केही स्पष्ट नपारेकोले सो योजना ओलीको खयाली पुलावनै रहेको बताए।’ रोजगार नेपालमा दिने हो की मलेशिया(कतारमाु भनेर महतोले सरकार माथि कटाक्ष पनि गरे। 
हुलाकी राजमार्ग, निजगढमा प्रस्तावित अन्तरराष्ट्रीय विमानस्थल र काठमाण्डौं तराई(मधेश फास्ट ट्रयाक योजनालाई आफ्नै खर्चले बनाउने घोषणा गरेको सरकारले यसको साधन स्रोत कहाँ बाट जुटाउने र यसमा निवेशको लागि अरबौं रूपैयाँ कहाँबाट ल्याउने त्यो स्पष्ट नरहेकोले सरकारको यो घोषणा पनि कागजमा मात्र सीमित रहने महतोले बताए। 
सदभावना अध्यक्ष महतोले भूकम्प पीडित लाखौं जनतालाई एक वर्ष पछि पनि राहत दिन नसक्ने सरकारले, भू उपग्रह, स्मार्ट सिटी र रेल चलाउने जस्तो कुरा गर्दा थोरै पनि नसुहाएको बताउँदै प्रम ओली लाई बोलीले मात्रै होईन साँचिक्कै केही न केही गरेर देखाई दिने चुनौती समेत दिए।

प्रकाशित मिति: May 9, 2016

प्रतिक्रिया दिनुहोस्