Logo
७ बैशाख २०८१, शुक्रबार
(May 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बदनाम भएका एनसेलले पूर्वाधार विकासमा १२ अर्ब लगानी गर्ने

काठमाडौं । निजी क्षेत्रको सबै भन्दा ठुलो अनि धनि मानिएको दूरसञ्चार सेवा प्रदायक एनसेलले २०१६ मा करिब १२ करोड अमेरिकी डलर (झण्डै १२ अर्ब रुपैयाँ) दुरसञ्चार पुर्वाधार विकासमा लगानी गर्ने घोषणा गरेको छ । 
यो एनसेलको हालसम्मकै उच्च वाषिर्क लगानी हो । नेपाली जनतालाई दिर्घकालसम्म सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य बमोविम यो लगानीे गर्न लागेको एनसेलका पब्रबन्ध निर्देशक साइमन पार्किन्सले बताएका छन् । ‘यो सबै लगानी दूरसञ्चार पूर्वाधार विकासमा खर्च गर्ने छौं’ उनले भनेका छन ‘यो रकम खर्च भएपछि उत्कृष्ट नेटवर्क तथा गुणस्तरिय सेवा सुनिश्चित गर्नेछ ।
एनसेलले देशका ग्रामिण तथा दुर्गम क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गर्दै दुरसंचार सेवाबाट वञ्चित समुदायमा पहुँच बढाउदै नयाँ नयाँ अवसरहरु सिर्जना गर्ने लक्ष्य लिएको छ । साथै, शहरी  क्षेत्रमा नेटवर्कको क्षमता अभिवृद्घ गिर्दै उच्च गतिका डेटा सेवा प्रदान गर्नेछ ।

प्रकाशित मिति: May 10, 2016

प्रतिक्रिया दिनुहोस्