Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘पानामा पेपर्स’ प्रकरणमा नेपालबाट उपेन्द्र महतो र अरुण चौधरी समेतको नाम



काठमाडौं । विश्वका धनी र शक्तिशाली व्यक्तिहरुको पोल खोलिएको भनिएको ‘पानामा पेपर्स’ प्रकरणमा सात नेपालीको नाम सार्वजनिक भएको छ ।
उक्त प्रकरणमा उपेन्द्र महतो र अरुण चौधरी सहित नवाङ डोल्मा, उमादेवी सिंहानिया, करणकुमार चौधरी, सर्वाशकुमार चौधरी र सिला चौधरी रहेका छन । 
ट्याक्स हेभन भनिने ब्रिटिस भर्जिन आइल्याण्ड, पानामा लगागयतका देशमा छायाा कम्पनी मार्फत गरेको लगानीबारे खुलासा गर्ने पानामा पेपरसको पूर्ण दस्ताबेज सोमबार आईसीजेसीले सार्वजनिक गरेको हो ।
सिराहा स्थाई घर भई हाल प्रवासी नेपालीको रुपमा बिदेशमै बसोवास गर्ने उपेन्द्र महतोको दुई कम्पनीमा शेयर रहेको पानामा पेपर्सले देखाएको छ । ब्रिटिस भर्जिन आइल्याण्डमा दर्ता भएका स्वार्टली भेन्चर्स लिमिटेड र पन्कुर पाइनान्सेज लिडिटेडमा महतोको शेयर देखिएको हो ।

प्रकाशित मिति: May 10, 2016

प्रतिक्रिया दिनुहोस्