Logo
१३ बैशाख २०८१, बिहीबार
(May 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४० हजार एनजिओ नवीकरण नै नगरी सञ्चालनमा

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा विभिन्न उद्देश्यका लागि खोलिएका गैरसरकारी संघ संस्था एनजिओको संख्या झन्डै ४५ हजार रहेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको तथ्यांकअनुसार हालसम्म दर्ता भएका ४५ हजार संघ संस्थामध्ये मध्ये करिब पाँच हजारले मात्रै नवीकरण गराएका छन् ।

जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन र कडाइ गर्न नसक्दा ४० हजार एनजिओले नवविकरण गर्न कुनै चासो नदेखाएका आजको नयाँ पत्रिका दैनिकले जनाएको छ ।

गैरसरकारी संघ संस्थाहरुले समयमै नवीकरण गर्न अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयले नवीकरणमा कडाइ गर्ने भएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले पाँच वर्षसम्म नवीकरण नगर्ने खारेजीमा पर्ने जानकारी दिए ।

प्रकाशित मिति: May 10, 2016

प्रतिक्रिया दिनुहोस्