सघिय गठबन्धनमा बिवाद बढदै, अब उपेन्द्रको पार्टीले गरियो मोर्चाको कार्यक्रम बहिष्कार !
काठमाडौं । सयूक्त लोकतान्त्रिक मधेशी मोर्चालाई जर्वजस्ती संघीय गठबन्धनमा बिलाय गराएको आरोप झेलिरहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाममा बिभिन्न बिवादहरु चुलिन थालिएको छ ।
संघिय गठबन्धनको नाममा जारी आन्दोलनका क्रममा सप्तरीको राजविराजमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले ‘मधेसी मोर्चा सप्तरीद्धारा आयोजित एक कार्यक्रमलाई बहिष्कार गरेको छ ।
गठबन्धनअन्तर्गत मधेशी मोर्चाले सोमबार राजविराजमा आयोजना गरेको सभालाई संघीय समाजवादी फोरम नेपालले बहिष्कार गरेको हो ।
सप्तरी स्थित एक पत्रकारका अनुसार अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा जिल्ला अध्यक्ष दिनेश यादव र केन्द्रीय सदस्य शैलेन्द्र साहले मधेसी मोर्चा सप्तरीको कार्यक्रम बहिष्कार गरेको हो ।
राजविराजको सभा गर्ने जिम्मेवारी राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले पाएको थियो भने संघीय समाजवादी फोरम नेपालले संघीय गठबन्धनको ब्यानरमा सभा गर्नुपर्ने प्रस्ताव राखेको थियो तर सद्भावना पार्टीले मधेसी मोर्चा सप्तरीको ब्यानरमा गर्न भनेपछि बिबाद उत्पन्न भएको हो ।
मधेसी मोर्चा सप्तरीमा स्थानीय एघार राजनीतिक दल आबद्ध छन् । सभामा संघीय समाजवादी फोरम नेपाल बाहेकका दश दल सहभागी भइ मन्तव्य राखेका थिए ।