Logo
१३ बैशाख २०८१, बिहीबार
(May 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिआइजी कायस्थ र अस्मिताको केसले प्रहरीमा कत्रो बवाल !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  नेपाल प्रहरीको चर्चित ३५ किलो सुन काण्डको किनारा नलाग्दै ठ्याक्कै मेल खाने गरी अर्को सुन सुराकी काण्डको चर्चा छ
। ३५ किलो सुन काण्डमा डिआइजी प्रकाश अर्यालमाथि  आफ्ना नातेदारलाई नक्कली सुराकी खडा गरी असली सुराकीलाई पाखा लगाएर करोडौं कमिसन कुम्ल्याउन खोजेको आरोप लागेको थियो ।  जुन प्रकरण अहिलेसम्म पनि रफादफ भएको छैन् ।
अकुत सम्पत्ति थुपारेको आरोपमा अख्तियारको छानबिनको दायरामा रहेका डिआइजी विजयलाल कायस्थको नाम अर्को २० किलो सुन सुराकी काण्डमा प्रहरी भित्र भुषको आगो झै दनिनएको छ ।
हाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत कायस्थमाथि १६ महिनासम्म विमानस्थलको सुरक्षा प्रमुख हुँदा विभिन्न समयमा बरामद गरेको झन्डै २० किलो अवैध सुनको सुराकीमा अस्मिता झा नाम गरेकी एक महिलाको नाम राखेर कमिसन खाएको आरोप छ खबर जनप्रहारमा छ ।
 नियमित चेकजाँचको क्रममा बरामद भएको उक्त सुनमा अस्मिताको नाम सुराकीमा खडा गरी कमिसन खाएको विषयमा अख्तियारले कायस्थमाथि छानबिन थालेको हो । सुन बरामद भएसँगै ती महिलाको नाम बारम्बार सुराकीमा भेटिएपछि कायस्थ र उनको सम्बन्धबारे समेत चर्चा हुन थालेको छ । प्रहरीभित्र नैतिकताको विषयमा डिआइजी कायस्थ बेलाबेलामा विवादमा पर्दै आएका छन् । यो सुराकी काण्डमा पनि उनले बदनामी कमाइसकेको हुँदा कारबाहीमा पर्ने प्रस्ट देखिएको स्रोतको दावी छ ।
अकुत सम्पत्ति  कमाएको आशंकामा  डिआइजी कायस्थलगायत २९ जनाको सम्पत्ति रोक्का गरी अख्तियारले छानबिन अघि बढाएकोमा उनी २५ नम्बरमा छन् ।  सबै बैंक खाताहरू रोक्का भई अनुसन्धानमा तानिएका कायस्थ चर्चित सुडान काण्डमा समेत फसेका थिए ।   पटक–पटक बयान दिन अख्तियार धाइरहेका कायस्थले अख्तियारमा भरेको सम्पत्ति विवरण चित्तबुझ्दो नदेखिएपछि र अस्वाभाविक भेटिएपछि कारबाहिको अन्तिम तयारी भएको हो ।
सुडान काण्डबाट रहस्यमय ढंगले उन्मुक्ति पाएका कायस्थले त्यसपछि काठमाडौंमा १० करोडको हाराहारीमा सम्पत्ति जोडेको खुलेको छ । त्रिभुवन विमानस्थलको सुरक्षा प्रमुख हुँदा कायस्थले सुन र डलर तस्करीमा चर्चित अनुहार दीपक मल्होत्रा र दया शर्माको गिरोहसँग मिलेर अवैध सम्पत्ति आर्जन गरेको अख्तियारको आशंका छ ।

प्रकाशित मिति: May 10, 2016

प्रतिक्रिया दिनुहोस्