Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सद्भावना नेता अनिल झा मृतावस्थामा फेला




गौर । रौतहट स्थित समनपुर गाविस–१ बस्ने ४५ वर्षीय अनिलकुमार झा वाग्मती नदीमा मृतावस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार वाग्मती नदीमा डुबेको अवस्थामा मगलवार  बिहान उनको शव फेला परेको हो । पारिवारिक स्र्रोतका अनुसार सर्लाही जिल्लाको बरहथवामा रहेको खेती हेर्न गएका उनी राति नफर्केपछि खोजबिन गरिएको थियो ।
झा रौतहट क्षेत्र नं ४ का सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष हुन् । नदीमा साइकलले थिचिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव जिल्ला अस्पताल गौरमा परीक्षणका लागि राखिएको छ ।

प्रकाशित मिति: May 10, 2016

प्रतिक्रिया दिनुहोस्