प्रचण्ड र बादलबीच एकताबारे भयो १२ बुँदे समझदारी, तर बैद्य मौन
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा बादलबीच पार्टी एकिकरणको बिषयलाई लिएर १२ बुँदे समझदारी भएको छ।
एकताको अजेन्डा सहित एकता पक्षधरहरुको छुट्टै केन्द्रीय समिति बैठक बस्नुअघि प्रचण्ड र बादलबीच एकताका आधारहरुमा समझदारी भएको हो।
श्रोतका अनुसार उनीहरुबिच १२ बुँदामा सहमतिसगै अब यसमा मोहन वैद्यको धारणा के आउछ त्यसपछि मात्र एकिकरण हुने हो ।
यो सहमतीसगै महासचिव बादल नेतृत्वका एकता पक्षधरहरुले छुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन्।
उनले पहिलो चरणमा प्रचण्डसँग भएका १२ बुँदामा अध्यक्ष मोहन वैद्य किरणलाई पनि सहमत गराउन प्रयास गर्ने र वैद्य त्यसमा असहमत भए केन्द्रीय समिति बैठकबाट एकताको निर्णय गराउने एमाओवादी स्रोतले जानकारी दियो।
यसैबीच, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले भने जेठ १ गतेदेखि केन्द्रीय समिति बैठक सुरु हुने भन्दै केन्द्रीय समितिका सदस्यहरुलाइ परिपत्र गरेका छन्।