Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सङ्गम होटल हत्याकाण्डः हत्याको कारण नजिक पुगेको प्रहरीको दाबी


महेन्द्रनगर । महेन्द्रनगर बजारको गल्ली नं. ४ स्थित सङ्गम होटल हत्याकाण्डमा संलग्न दुई पाँच दिनसम्म पक्राउ परेका छैनन् । प्रहरीले हत्याको कारण नजिक पुगेको दाबी गरे पनि संलग्न को छन् भन्ने यकिन गर्न सकेको छैन । 
बिहीबार राति हतियार प्रहार गरी सङ्गम होटलमा दुई कामदारको हत्या गरिएको थियो । उनीहरुसंगै बस्ने अर्का कामदार गम्भीर घाइते भएका थिए । घाइतेको कोहलपुरमा उपचार भइ रहेको छ । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनालले प्रहरी अनुसन्धान हत्या नजिक पुगेको बताए । ‘हत्याको नजिक पुगेका छौ, केही दिन लाग्छ, अनुसन्धान जारी छ’ उनले भने,‘धेरै कुरा भन्न मिल्दैन ।’ प्रहरी नायब उपरीक्षक खनालले तीन जनाबीच भिडन्त नभएको निष्कर्षमा प्रहरी पुगेको  बताए । 
मदिरा सेवन गरी आपशमा भिडन्त भएको प्रहरीको आंशका थियो । हत्याकाण्डमा बच्न सफल नेपालगञ्जमा उपचाररत चन्द्रदेब जोशीलाई निको भएपछि सबै कुरा बाहिर आउने आशा गरिएको छ । भीमदत्त नगरपालिका वनकट्टीका जोशीको स्वास्थ्य सुधार भई रहेको छ । 
होटलको भुई तलाको राति १२ बजे हत्याकाण्ड भएपछि जोशी चिच्याउँदै दोस्रो तलामा गएका थिए । उनको घाँटी सहित शरिरका विभिन्न भागमा चोट लागेको छ । 
घाइते जोशी दोस्रो तलामा पुगेपछि होटल सञ्चालक मोहन सिह खत्रीले प्रहरीलाई जानकारी गराएका थिए । हत्याकाण्डमा बेदकोट नगरपालिका सुन्दरपुरका कृष्ण सिह विष्ट र बाजुराका भीम रोकायाको हत्या गरिएको थियो ।  विष्ट ४५ र रोकाया २१ वर्षका थिए । 
घाइते जोशीको उमेर २५–४० वर्षको हुन सक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालयले सङ्गम हत्याकाण्ड अनुसन्धानका लागि छुट्टै टोली बनाएको छ । हत्याकाण्डपछि प्रहरीले होटल मालिक सहित थुप्रैलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । 
प्रहरीले होटल मालिक खत्री, होटलका कामदार सुरज रावत सहितलाई सोधपुछ गरिएको छ । होटल मालिक खत्रीलाई दैनिक हाजिर हुने गरी साँझ नै छाडिएको थियो । रावत सङ्गम होटल नजिकको पञ्जाबी होटल छाडेर केही दिन अघि मात्रै सङ्गममा गएका थिए ।
प्रहरीले बिहीबार शुक्रबार दिउँसो मात्रै होटलमा बसेका ग्राहकलाई छाडेका थिए । हत्यामा प्रयोग गरिएको हतियार खोज्ने प्रहरीको प्रयास दुई दिनसम्म सफल हुन सकेको छैन । हत्यामा मासु काट्ने दाउ प्रयोग गरिएको आशंका छ । पत्रकार रनि विवशको सहयोगमा 

प्रकाशित मिति: May 10, 2016

प्रतिक्रिया दिनुहोस्