भारतको लोक सभामा नेपाल र भारतको खुल्ला बोर्डर बन्द गर्नूपर्ने माग
न्यूज अप्रेशन, काठमाण्डौ । भारतको प्रतिनिधि सभा अर्थात लोक सभामा नेपाल-भारतबिच रहेको खुल्ला बोर्डर बन्द गर्नूपर्ने आवाज उठेको छ ।
बुधवार दिउसो सभामुखसग बिशेष समय लिएर एक जना सांसदले पाकिस्तान भारत जस्तै बोर्डर सिल गर्नू पर्ने माग गरे । चिनियाँ रणनीति अनरुप नेपालमा-भारत बिरोधी बिभिन्न गतिबिधि भइरहेको उनले आरोप लगाए ।
तत्कालिन भारतिय प्रधानमन्त्रि जवाहरलाल नेहरुले बनाएको रणनीतिबाट नेपाल भारतको सम्बन्ध सुर्धिन नसकिने तर्क गर्दै उनले बोर्डर सिल गरेर नयाँ किसिमबाट नेपाल सम्बन्ध बनाउनु पर्ने माग गरे ।
भारतबिरोधी गतिबिधि बिच भारतउर सुरक्षाको प्रशन समेत उठेको बताउदै केहि सिमित नाकाहरुलाई मात्र खुल्ला गर्नू पर्ने र त्यसमा ओहर दोहर गर्ने नेपाली-भारतिय दुवै किसिमको नागरिकको रेकर्ड राखिनुपर्ने बताए ।
भारतको सत्तारुढ दल बीजेपीका एक सांसदले नेपालमाथि चीनको समर्थन लिएर भारतलाई धम्क्याएको आरोप लगाएका हुन ।
त्यहाँको तल्लो सदन लोकसभाको शुन्य समयमा बोल्दै भारतीय जनता पार्टीका सांसद निशिकान्त दुवेले पाकिस्तान र बंगलादेशको सीमामा जस्तै तारबार लगाउन माग गरे ।
नेपालले हालै मात्र भारतका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको उल्लेख गर्दै उनले नेपालका लागि भारतीय राजदूतलाई फिर्ता पठाउने षड्यन्त्र भइरहेको बताए ।
नेपाल चीनतर्फ झुकेको भन्दै उनले भने, ‘(नेपाल) आफैंमा कमजोर हुँदा हुँदै पनि चीनको समर्थनमा भारतलाई धम्क्याइरहेको छ ।’
नेपाल भारतबीचको खुला सीमाका कारण नेपाल भारतविरुद्ध गतिविधि गर्ने केन्द्र बनेको र त्यो इण्डियन एयरलाइन्सको विमान अपहरणमा बेला पनि देखिएको उनले बताए । भारतले नक्कली भारुको समस्या पनि भोगिरहेको उनले बताए ।
बीजेपी सांसद निशिकान्त दुवेले जवाहर लाल नेहरु, इन्दिरा गान्धी र राजिव गान्धीले लिएको नेपालप्रतिको नीतिकै कारण अहिले समस्या आएको आरोप लगाए । उनले राजीव गान्धीले नाकाबन्दी लगाएर नेपाललाई समस्या परेको स्मरण गराए ।