Logo
२६ बैशाख २०८१, बुधबार
(May 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी डनलाई बचाउन एसएसपी नै कस्सिए !

काठमाडौं । प्रहरीको सहयोगमा डन गणेश लामाले अदालतबाट सफाई पाएका छन् । अपहरणजस्तो गम्भीर मुद्दामा लामालाई ललितपुर जिल्ला अदालतले सफाई दिएको हो ।
फरार नै रहेको अवस्थामा अदालतले वयानै नलिइ लामालाई सफाई दिएको हो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले फरार रहेका लामा र उनका सहयोगी बिक्रमजित लामालाई सफाई दिएको हो । 
गत ३० साउनमा लामाको जग्गाको कारोबारसम्बन्धि विवादमा नख्खुका कैलाश बास्कोटालाई अपहरण गरेका गरिएको थियो । बास्कोटाले प्रहरीमा दिएको जाहेरीमा लामा आफैं गाडिमा गएर जर्बजस्ती उठाई पेरीसडाँडास्थित आफ्नो घरमा पुर्‍याएर बन्धक बनाई ३० लाख रुपैयाँको कागज गरेको उल्लेख छ । 
तर पछि व्यापक दबाब आएपछि बास्कोटाले आफ्नो लेनदेन विवाद मिलिसकेको भन्दै लामालाई जोगाउन लागेका थिए । ललितपुरका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले पनि लामालाई सहयोग पुग्ने गरी घटनाको अनुसन्धान गरेका थिए ।
फरार रहेका लामाको मुद्दा अदालतमा बुझाएर मुद्दा मिलाउन एसएसपी अधिकारीले सहयोग गरेको स्रोत बताउछ  दृष्टिमा खबर छ । एसएसपीकै सहयोगमा लामा अदालतमै उपस्थित नभई चलखेल गरेर मुद्दा मिलाएका हुन् ।

प्रकाशित मिति: May 11, 2016

प्रतिक्रिया दिनुहोस्