Logo
१३ बैशाख २०८१, बिहीबार
(May 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यानपावर व्यवसायी पराजुली ओमनका लागि फोरमबाट राजदूत सिफारिस भएपछि ..!


न्यूज अप्रेशन काठमाडौं । सत्ताा भागबण्डा अन्तरगत ओमानका लागि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट सर्मिला पराजुली सिफारिस भएपछि उनको पार्टीमा बबाल सुरु भएको छ । 
पार्टी अध्यक्ष विजयकुमार गच्छदारले खाडी मुलुक ओमनका लागि राजदूतमा म्यानपावर व्यवसायीको नाम सिफारिस गरेपछि पार्टीमा चर्को असन्तुष्टि सतहमा आएको हो । 
वैदेशिक रोजगार व्यवसायी पराजुलीको नाम पठाई मन्त्रिपरिषदबाट निर्णय गराएका थिए। पराजुली फ्लोरिड रिसोर्स सोलुसनकी नामक मेनपावर कम्पनीकी निर्देशक हुन । 
नेता जितेन्द्र देवले पराजुलीको सिफारिस भएको भए गलत भएको बताए। उनले भने ‘यो निर्णय अध्यक्ष ज्यूको  ‘व्यक्ति हो, यस विषयमा पार्टीमा छलफलै गरिएको छैन।’
म्यानपावर व्यवसायीहरूका अनुसार उनका परिवार सबै वैदेशिक रोजगार व्यवसायी हुन्। श्रीमान् बिमल ढकाल फ्लोरिडका सञ्चालक हुन् । 
जेठाजू कमल ढकाल पनि सोही म्यानपावरमा आवद्ध छन्। खाडीका विभिन्न कम्पनीलाई कामदार आपूर्ति गर्ने बीएसडी ह्युमन रिसोर्स सोलुसन, रोयल डाइमन्ड रिक्रुटमेन्टसमेतमा पराजुलीको परीवार संलग्न छ। 
रोयलले युएईलगायत खाडीका अन्य मुलुकमा कामदार आपूर्ति गर्ने गरेको छ। तस्विर : फेसबुक 

प्रकाशित मिति: May 11, 2016

प्रतिक्रिया दिनुहोस्